• काठमान्डाँै , असार १३
    – एक वर्ष देखि बुवा र आमामा घाँटीको क्यान्सर भएपछी आर्थिक रुपमा कमजोर बनेकी कक्षा १२ मा अध्ययनरत बालिका विष्णु माया लोको लागी सहयोग रकम आज साहित्यकार विना थिङले हस्तान्तरण गर्नुभएको छ ।



    विष्णु मायाका लागी अमेरिकामा बस्दैँ आउनुभएका गीतकार तथा समाजसेवी दिलिप योञ्जन तामाङले नगद २५००० सहयोग गर्नुभएको छ । साथै उहाँले बालिकाको उच्च शिक्षाका लागी आफुले सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभएको छ ।



    कोरियामा रहनुभएको मान कुमार लामाले आफ्नो जन्मदिनको अवसर पारेर औषधि उपचारको लागि रु ५,००० नगद उपलब्ध गराउनु भएको छ । कमजोर आर्थिक अवस्थामा भएको कारण शौक्षिक भविष्यका लागी आफुले निरन्तर सहयोग गर्ने गीतकार योञ्जनले बताउनुभयो । शिक्षाको ज्योतिबाट कोही बालबालिका पनी टाढा नहुन भन्नको लागी उहाँले निरन्तर सहयोग गदैँ आउनुभएको छ ।


    केही समय अगाडि उहाँले काठमान्डाँैको बुढानिलकण्ठ नगरपालिका वडा नम्बर १ तौलुङमा अवस्थित श्री जय भद्रकाली आधारभूत विद्यालयका ५२ जना विद्यार्थीहरुलाई पूर्ण भर्ना, विद्यालय पोशाक (ट्रयाकसुट र सर्ट पाइन्ट), जुत्ता (सेता र कालो), कपी कलम लगायतका ३ लाख ५ हजार ४ सय बराबरको छात्रावृत्ति उपलब्ध गराउनुभएको थियो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…