• एजेन्सी – साविक विजेता चिली कोपा अमेरिका २०१९ को सेमिफाइनलमा प्रवेश गरेको छ । कोलोम्बियालाई टाइब्रेकरमा ५-४ ले पराजित गर्दै चिली अन्तिम ४ मा पुगेको हो ।

    निर्धारित ९० मिनेटको समय गोलरहित बराबरीमा सकिएपछि खेलको नतिजा टाइब्रेकरबाट लिइएको थियो । चिलीका लागि चार्ल्स अरन्गिज र आर्टुरो भिडलले गोल गरेपनि भिडियो असिस्टेन्ट रेफ्रीको निर्णयपछि गोल मान्य भएको थिएन । समूह चरणमा उत्कृष्ट प्रदर्शन गर्दै तीनै खेल जितेको कोलोम्बियाले त्यसअनुसार प्रदर्शन गर्न सकेन ।

    टाइब्रेकरमा दुवै टोलीको सुरुवाती ४ प्रहार गोलमा परिणत भए । कोलोम्बियाका हामेस रोड्रीग्वेज, एडविन कार्डोना, जुआन क्वाडराडो र येरी मिनाले गोल गरे । चिलीका आर्टुरो भिडाल, एदुआर्डो भार्गास, एरिक पुल्गार र चार्ल्स अरान्गिजले पनि आफ्नो प्रहार खेर फालेनन् ।

    कोलोम्बियाका लागि पाँचौ प्रहार गरेका विलियम टेसिल्लोको प्रहार बाहिरीपछि चिलिले खेल जित्ने अवसर प्राप्त गर्यो । एलेक्सिस सान्चेजले अन्तिम प्रहारलाई गोलमा परिणत गर्दै चिलीलाई सेमिफाइनलमा पुर्याए ।

    यसअघि अर्जेन्टिनाले भेनेजुएलालाई पराजित गर्दै सेमिफाइनलमा स्थान बनाइसकेको छ भने ब्राजिलले पनि अन्तिम ४ मा स्थान सुरक्षित गरिसकेको छ । अन्तिम क्वाटरफाइनलमा उरुग्वे र पेरुले प्रतिस्पर्धा गर्नेछन् ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…