• अषाढ १४, एजेन्सी । अर्जेन्टिना कोपा अमेरिकाको सेमिफाइनलमा प्रवेश गरेको छ । गएराती भएको खेलमा भेनेजुएलालाई पराजीत गर्दै अर्जेन्टिना सेमिफाइनलमा प्रवेश गरेको हो ।

    उपाधि दाबेदार मानिएको अर्जेन्टिना सुरुवाती छनौट चरणका खेलहरुमा कमजोर भएपनि क्वाटरफाइनलको खेलमा केहि लयमा आएको छ । भेनेजुएलामाथि २–० को सहज जितसँगै अर्जेन्टिनाले अन्तिम ४ मा स्थान बनाएको हो । अब अर्जेन्टिनाले घरेलु टोली ब्राजिलसँग खेल्नेछ ।

    खेलको दशौं मिनेटमा लौटारो मार्टिनेजले अर्जेन्टिनालाई अगाडी बढाएका थिए । कर्नरमा आएको बललाई सर्जियो अगुएरोले गरेको प्रयासमा मार्टिनेजले गोल गरेका हुन् । पहिलो हाफको इन्ज्युरी समयको अन्तिम मिनेटमा अर्जेन्टिनाले अग्रता दोब्बर गर्ने मौका पाएको थियो । मार्कोस अकुनाको क्रसमा मार्टिनेजविरुद्ध रोजालेसले सफल ट्याकल गरेपछि खतरा टारेको थियो ।

    दोस्रो हाफमा अर्जेन्टिनाले दबाब कायम राख्यो । तर काउन्टर अट्याकमा भेनेजुएलाले सुवर्ण अवसर खेर फाल्यो । रिंकनको पासमा हर्नान्डेजले १२ यार्ड टाढाबाट गरेको प्रहारलाई अर्जेन्टिनाका गोलरक्षक फ्रान्को अर्मानीले विफल पारे ।

    वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेको ४ मिनेटमा नै जिओभानी लो सेल्सोले गोल गर्दै अर्जेन्टिनाको जित पक्का गरे । उनले ७४ औं मिनेटमा अगुएरोको क्रसलाई गोलरक्षकले बचाउन नसक्दा रिबाउन्डलाई खाली पोस्टमा गोलमा परिणत गरे ।

    अर्जेन्टिनाले अब फाइनल प्रवेशका निम्ति घरेलु टोली ब्राजिलसँग प्रतिस्पर्धा गर्नेछ । पछिल्लो खेलको तुलनामा आक्रमणमा केहि छरितो देखिएको अर्जेन्टिनाले बल पोसेसनमा भने पकड जमाउन सकेन । अर्जेन्टिना कोपा अमेरिकाको गत संस्करणको उपविजेता हो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…