• हिजो शुक्रबार अर्थात् असार १३ गतेबाट प्रदर्शन हुने चलचित्र 'आप्पा’को बिहिबार काठमाडौँको जय नेपाल हलमा ब्याण्ड बाजा सहित भव्य रेड कार्पेट प्रिमियरको आयोजना गरिएको थियो । चलचित्रको प्रिमियर हेरर कलाकार र पत्रकारले चलचित्र एकदमै राम्रो बनेको प्रतिक्रिया दिएका छन् । चलचित्रको प्रिमियर शो हेर्न 'आप्पा' टिमका साथमा बरिष्ठ कलाकार सुनिल थापा, शिशिर वाङ्देल, निर्देशक रामबाबु गुरुङ, हेमराज बिसी, अपिल विष्ट, निर्माता अर्जुन कुमार, रोहित अधिकारी, समाजसेवी तथा हास्यकलाकार सिताराम कट्टेल, कलाकार विल्सन विक्रम राई, अभिनेत्री वर्षा राउत, मोडल अलिसा राई, र्यापर समिर घिसिङ (भिटेन), गायक एड्रिन प्रधान, पूर्व मिस नेपाल श्रृङ्खला खतिवता लगायतको उपस्थीती रहेको थियो ।

    चलचित्रमा दयाहाङ राई, सिद्धान्त राज तामाङ र अल्लोना काबो लेप्चाको साथमा बरिष्ठ निर्देशक तथा निर्माता तुलसी घिमिरे, अरुणा कार्की लगायत कलाकारको पनि मुख्य भुमिका रहेको छ । बाबु छोराको सम्बन्धको कथा बोल्ने चलचित्रका कार्यकारी निर्माता माबो चेम्जोङ्ग हुन् । अ माउन्टेन स्टोरीज प्रोडक्सन र सिनेमा आर्टको संयुक्त ब्यानरमा निर्माण भएको चलचित्रलाई अनमोल गुरुङले निर्देशन गरेका छन् भने रुदेन सादा लेप्चाले लगानी गरेकी छिन् । चलचित्रमा निर्देशक अनमोल गुरुङको कथा, अनमोल गुरुङ र उमेश उपमाको पटकथा तथा संवाद, शैलेन्द्र डि कार्कीको छायाँकन, अनमोल गुरुङ र शैकात देवको संगीत, निमेष श्रेष्ठको सम्पादन रहेको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…