• असार १४ गते, २०७६

    काठमाडौं । वन विभागको आयोजनामा भएको कार्यक्रममा शनिवार नेपाल कम्युनिस्ट पार्टि (नेकपा) सम्बद्द आदिवासी जनजाति मोर्चा,घटक संगठन - लिम्बुवान रास्ट्रिय मुक्ति मोर्चा, नेपाल र नेपाल लोकतान्त्रिक किरात लिम्बु संघले उपत्यकाको सातदोबाटोको स्विमिङपुलबाट ताल्चिखेल सम्म ५ सय बिरुवा रोपेको हो ।



    आजै राष्ट्रिय वृक्षारोपण दिवसका अवसरमा सम्माननिय प्रधानमन्त्री ओलीले कोटेश्वरमा नासपातीको बिरुवा रापेर वृक्षारोपणको शुभारम्भ गर्नुभएको थियो ।

    वन विभागको आयोजनामा भएको कार्यक्रममा लिम्बुवान रास्ट्रिय मुक्ति मोर्चा, नेपाल र नेपाल लोकतान्त्रिक किरात लिम्बु संघका कार्यकर्ता सक्रिय सहभागि थिए ।
    समृद्ध नेपाल सुखी नेपाली बनाउने सरकारको योजनालाई आफूहरुले सार्थक बनाउन जुनसुकै काम गर्न पनि तयार रहेको मोर्चाका अध्यक्ष तथा पुर्ब माओबादीका पोलिट्ब्युरो सदस्य  नेकपा १ नम्बर प्रदेश सद्स्य मुक्साहाङ मेन्याङबोले जानकारी दिए ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…