एसईईमा ए प्लस नआएको भन्दै सदीक्षा पौडेलले गरिन् आत्महत्या
एसईईमा ए प्लस नआएको भन्दै सदीक्षा पौडेलले गरिन् आत्महत्या
अर्घाखाँची । चन्द्रागिरी नगरपालिका–१२ बलम्वु दुरसञ्चार नजिकै एसईई परिक्षाको नतिजाको कारण शनिबार दिउँसो एक किशोरीले झुण्डिएर आत्महत्या गरेकी छिन् ।
अर्घाखाँची जिल्ला सन्धिखर्क नगरपालिका –७ घर भई चन्द्रागिरी १२ बलम्वु दुरसञ्चार श्री बलम्बु माविबाट यस वर्ष एसईई परिक्षा दिएकी सदीक्षा पौडेलले झुण्डिएर आत्महत्या गरेकी हुन् ।
महानगरीय प्रहरी प्रभाग बलम्वुका प्रमुख शंकर खड्काका अनुसार एसईईमा ‘ए प्लस’ नतिजा नआएको भन्दै सदीक्षाले आत्महत्या गरेको हुनसक्ने जानकारी दिए ।
बलम्वु माध्यामिक विद्यालयबाट पौडेलको एसईईमा ३.६ जिपीए आएको थियो । सदीक्षाको शव शिक्षण अस्पताल महाराजगञ्ज पोस्टमार्टमको लागि पठाइएको प्रहरीले बताएको छ ।
पछिल्लो समय बालबालिकाहरुलाई एसईईको कारण ज्यान गुमाईरहेका छन् ।