• काठमाडौं । नेपाली काँग्रेसका नेता कृष्ण प्रसाद सिटौलाले नेपालको राजनीतिलाई पछाडि फर्काउने उग्रवादी धारहरु विकसित हुन थालेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।

    मदन भण्डारीको ६८ जन्मजयन्तीको अवसरमा शनिबार राजधानीको राष्ट्रियसभा गृहमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेता सिटौलाले राज्य संञ्चालन पद्धतिमाथि प्रहार गरि राजनीतिलाई पछाडि फर्काउनेहरु सक्रिय हुन थालेको बताए ।

    सबै राजनीतिक दलहरु बीच राष्ट्रिय एजेण्डामा वृहत सहमति हुन नसक्दा व्यवस्थामाथि नै चुनौति दिनेहरु बलियो भएर अनेक कोणबाट प्रहार हुन थालेको टिप्पणी गरे । सरकार गठनको २ वर्षमा जनताको आकांक्षा सम्बोधन हुन नसक्दा तथा बहुदलीय लोकतन्त्रका मान्यतालाई स्थापित गर्न नसकेका कारण राज्य संचालन पद्धतिमाथि नै प्रश्न उठ्न थालेको उनको तर्क थियो ।

    उनले भने, “सरकारमथि मात्रै होइन पद्धतिमाथि नै ठूलो प्रश्न उठ्न थालेको छ । राजनीतिलाई पछाडि फर्काउने उग्रवादी धारहरु विकसित हुन थालेका छन् । चाहे दक्षिणपन्थी कोणबाट होस् चाहे उग्रवामपन्थी कोणबाट होस् । फेरी पनि उठ्न थालेका छन् । नेपालको राजनीतिमा सबैभन्दा चिन्ताको विषय यो हो ।”

    नेकपाले चाहेमा सरकारले मुलुकलाई आर्थिक सम्मृद्धिको बाटोमा लैजान सक्ने स्थिति र शक्ति भएपनि वर्तमान अवस्थामा सरकार बाटो विराएजस्तो अवस्थामा देखिएको उल्लेख गर्दे उनले बाटो नबिराउन सचेत गराए । काँग्रेसले विरोधका लागि विरोध गर्ने नभई सकारात्मक प्रतिक्षीको भुमिका निर्वाह गर्ने भन्दै उनले नेकपालाई आफ्नै पार्टीबाट अप्ठ्यारो हुने बाहेक कांग्रेसले अप्ठ्यारो नपार्ने विश्वास दिलाए ।
    उनले भने, “तपाईको आफ्नै पार्टीमा हुने खैलाबैला बाहेक अन्य खैलाबैलाले असर पार्छ जस्तो लाग्दैन मलाई ।”

    उनले सबै वर्ग र क्षेत्रका समस्या सम्बोधन गर्ने गरि संविधानले निर्दृष्ट गरेको लोकतान्त्रिक मुल्य र मान्यतामा रहेर काम गर्न सरकारलाई सुझाव दिए ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…