• दमक । लायन्स क्लव अफ दमक विगवुद्धको वर्ष २०१९।२० को निर्वाचित समितिको पदहस्तान्तरण तथा सपथग्रहण कार्यक्रम आज सम्पन्न भएको छ । स्थानीय थकाली किचन घरको सभाहलमा एक कार्यक्रम गरि निर्वाचित समितिको पदहस्तान्तरणसहित सपथग्रहण सम्पन्न भएको क्लवका संस्थापक अध्यक्ष सुधिर प्रधानले जानकारी दिए ।

    क्लवका निर्वतनमान अध्यक्ष राजेन्द्र दंगालले नवनिर्वाचित अध्यक्ष दिवस राईलाई पदहस्तान्तरण गर्नुका साथै अध्यक्षको सपथग्रहण गराएका थिए थकाली किचन ,मोमो हव लगायतका व्यवसाय सञ्चालक दमक रन समुहको अध्यक्ष समेत रहेका युवा व्यवसायी राईको अध्यक्षतामा क्लवको नयाँ समिति चयन भएको थियो । वर्ष २०१९। २० को निर्वाचित समितिको फ्रष्ट भिपी कमल उदास,सचिवमा तोसिवा आनन्द महतो र कोषाध्यक्षमा पवन पाण्डे चयन भएका छन् ।
    लायन्सका एरिया चिफ कोअर्डिनेटर (३२५ ए वान ) गोपाल अग्रवालको प्रमुख आतिथ्यता तथा जोन चियर पर्सन विपी मिश्रको विशिष्ट आतिथ्यतामा भएको पदहस्तान्तरण तथा सपथग्रहण कार्यक्रममा नवनिर्वाचित अध्यक्ष राईले एक वर्ष कार्यकालमा क्लवले गरिने विभिन्न कार्यक्रमहरुको प्रतिवेदन सार्वजनिक गरेका थिए ।
    क्लवले लायन्सले गर्देआएका रक्तदान, वृक्षारोपण,बालबालिकाको आखाँ तथा दात जाँच, कपी कलम ,अशक्तलाई ह्विल चियर वितरण,स्वास्थ्य शिविर,खेलकुद लगायतका सामाजिक कार्यक्रमहरु सञ्चालन गरिने क्लवका फ्रष्ट भिपी उदासले जानकारी दिए । कार्यक्रममा लायन्सका कृष्ण राज दाहालले स्वागत मन्तव्य राखेका थिए ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…