• असार १५, काठमाडौँ । धादिङमा बस र दुईवटा माइक्रोबस ठोक्किँदा २ जनाको मृत्यु भएको छ भने २५ जना घाइते भएका छन् ।

    काठमाडौंबाट चितवन तर्फ आउँदै गरेको लु १ ख ९०७९ नम्बरको बस र चितवनबाट काठमाडौं जाँदै गरेको बा ३ ख १००४ नम्बरको र बा २ ख ४५६७ नम्बरको माइक्रो बस धादिङको बेनिघाट रोराङ गाउँपालिका–७ कृष्णभीर स्थित पृथ्वी लोकमार्गमा एकापसमाा ठोक्किँदा २ जनाको मृत्यु भएका हो ।

    मृत्यु हुनेमा धादिङ महादेवस्थान ८ का २७ वर्षका श्यामकुमार श्रेष्ठ रहेका छन् । मृतक युवतीको भने पहिचान खुल्न सकेको छैन । उनीहरुको शव गजुरी अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।

    घाइतेमध्ये १८ जनालाई उपचारका लागि काठमाडौं रेफर गरिएको छ ।

    प्रहरीले बा३ख १००४ नम्बरको बसका चालक नवलपरासी मध्यबिन्दु नगरपालिका ७ का २७ वर्षका रबिन खड्कालाई जोगिमारा प्रहरी चौकीले नियन्त्रणमा लिएको जानकारी दिइएको छ ।

    दुर्घटनाको कारण खुल्न बाँकी छ । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…