• उर्लाबारी । मोरङको उर्लाबारी—९ दुर्गापुरीस्थित वैभव लक्ष्मी वचत तथा ऋण सहकारी लिमिटेडले आज बिहान नमुना वाल गृह उर्लाबारीलाई खाद्यन्य सहयोग गरेको छ ।
    सस्थाको १० औं स्थापना दिवसको अवसरमा सामाजिक उत्तरदाहित्य निभाउदैं खाद्यन्य सहयोग गरिएको अध्यक्ष श्याम नेपालले जानकारी बताउनुभयो । बिहान वाल गृहमा अध्यक्ष नेपाल सहित संस्थाका पदाधिकारीहरुले संयुक्त रुपमा खाद्यान्यका समाग्रीहरु गृहकी अध्यक्ष मीना बराललाई हस्तान्तरण गर्नुभएको थियो ।

    सोहि अवसरमा गृहमा आश्रीत ४६ जना वालवालिकालाई दहि चिउरा खुवाइएको थियो । अध्यक्ष श्याम नेपालले गृहलाई सहयोग गर्न पाउँदा खुशी लागेको बताउनुभयो । ‘हामीले एक सन्तान, दश सन्तानको आमा सुनेका थियौ मिना दिदी ४६ जनाको आमा हुनुहुन्छ, जसले अनाथ वालवालिकालाई आश्रय दिनुभएको छ , हामीले सहयोग गनृ पाउँदा ठुलो परोपकारी काममा सहयोग गरेको अनुभूति गरेका छौ ।

    https://www.youtube.com/watch?v=FpZlbUXEy6c&t=56s

    नेपालले एक जना सन्तान हुर्काउन पनि अभिभावकले कष्ट बेहोरिरहेको समयमा ४६ जना सन्तान हुर्काउनु उदाहरणीय काम भएको बताउनुभयो । गृहकी अध्यक्ष मीना बरालले सहकारी प्रति धन्यवाद तथा आभार प्रकट गर्दै गृह दाताहरुको भरमा दुखसुख सन्चालन भईरहेको बताउनुभयो । 
    कार्यक्रममा संस्थाका प्रमुख सल्लाहकार केदार खनाल,तुलशी श्रेष्ठ,रजिन श्रेष्ठ,हेमराज गुरुङ,लब श्रेष्ठ,अग्नि नेपाल,राजु श्रेष्ठ लगायतका युवाहरुको सहभागीता रहेको थियो । कार्यक्रमको सन्चालन देबु तिम्सीनाले गनुभएको थियो ।

     

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…