• काठमाडौं, १५ असार । प्रमुख सत्तारुढ दल नेकपाभित्र अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले जनअपेक्षा अनुरुपको काम गर्न नसकेको आवाज चर्को रुपमा उठिरहेको छ ।

    केही नेताहरु ओलीलाई हटाएर जनमत जोगाउनु पर्ने लविङमा लागेका पनि छन् । तर, ओलीलाई सत्ताबाट हटाउन फलामको च्यूरा चपाए सरह छ । जिम्मेवार नेताहरु ओलीलाई परेको संकटमा खुसी छन्

    । किनकी उनीहरुलाई आफु सत्तामा पुग्न सकिन्छ कि भन्ने आशा छ । केपीलाई संकट आइपर्दा अन्य नेताहरुलाई प्रसन्नता मिल्छ भन्ने संकेत असार ३ गते संसदमा देखियो ।

    बोल्नका लागि प्रधानमन्त्री रोस्ट्रममा पुग्दा प्रतिपक्षी कांग्रेसका सांसदहरुले नाराबाजी सुरु गरे । प्रधानमन्त्रीभन्दा पहिले नै आफूहरुले बोल्न पाउनुपर्छ भन्ने माग कांग्रेस सांसदहरुको थियो ।

    तर, प्रधानमन्त्रीले बोलिसकेपछि मात्र विपक्षीलाई बोल्न दिइने भनी सभामुखले गरेको आग्रहलाई कांग्रेसले सुनेन । केहीबेर प्रधानमन्त्री रोस्ट्रममै उभिइरहे र नाराबाजी चलिरह्यो ।

    त्यसरी नाराबाजी सुरु भएपछि त्यहाँ सँगै बसिरहेका प्रचण्ड र माधवकुमार नेपालले प्रसन्नता रोक्न सकेनन् । रोक्न खोज्दा खोज्दै पनि प्रचण्ड र माधवका अनुहारमा खुसी छचल्किएको देखिन्थयो ।

    सभामुखले बैठक स्थगित भएको घोषणा गरेपछि प्रधानमन्त्री रोस्ट्रमबाट ओर्लिदा प्रचण्ड र नेपाल आपसमा मुखा मुख गर्दै मुस्कुराउदै बैठक कक्षबाट बाहिरिए ।

    ओलीलाई घेराबन्दीमा पार्ने र असफल बनाउने कामका लागि पार्टीभित्रका पहिलो पुस्ताका सबै नेताहरू एकजुट भएका छन् । दोस्रो र तेस्रो पुस्ताका अधिकांश नेताहरू आलीको कार्यशैलीलाई लिएर असन्तुष्ट छन् ।

    पार्टी पद्धति र प्रक्रियाको उपेक्षा गरेको, पार्टीमा छलफल नगरीकन पार्टीलाई समेत नकारात्मक असर पर्ने किसिमका निर्णय लिएको, सानो घेरामा रमाएको, पार्टीका निर्णयहरूको अवज्ञा गरेको र काममा भन्दा कुरामा धेरै समय खर्च गर्ने गरेकोजस्ता आरोप ओलीमाथि पार्टीका नेताहरूले लगाएका छन् ।

    ओलीलाई विस्तापित गर्ने अभियानका लागि नेकपाभित्र मोर्चाबन्दी शुरु भएको छ । तीन वर्ष ओली प्रधानमन्त्री रहने र त्यसपछिको दुई वर्ष प्रचण्डले सरकारको नेतृत्व लिने गुप्त सहमति सर्वोच्च तहमा बनेको भए पनि प्रचण्ड तीन वर्ष पर्खिने मानसिकतामा देखिन्नन् ।

    कुनै पनि बहानामा कुनै पनि समय ओलीलाई पदमुक्त गर्ने तानाबाना प्रचण्डले बुनिसकेका छन् । त्यसका लागि उनले नेताहरु नेपाल, झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ, सुरेन्द्र पाण्डे र वामदेव गौतमलगायतसंग गोप्य सहमति गरेको बुझिएको छ ।

    ओलीलाई विस्थापित गराउँदा उत्पन्न हुने प्रतिक्रियात्मक स्थिति खतरनाक हुन सक्ने भयका कारणले मात्र नेताहरू अघि बढ्न डराइरहेका छन् ।

    प्रधानमन्त्रीबाट ओलीलाई विस्थापित गर्ने निर्णायक प्रयास सुरु भएमा त्यस्तो कार्यमा संलग्नहरूप्रति अत्यन्त निर्मम र कठोर व्यवहार हुन सक्ने प्रबल सम्भावना छ ।

    जसले आली विरोधी अभियानको अगुवाइ गर्छ, उसलाई नराम्रो धक्का पु¥याइने हुनाले प्रमुख नेताहरूमध्ये कोही पनि सम्मुख पर्न डराइरहेका छन् ।

    प्रचण्डले निहुँ खोज्न थाले भने ओलीले ‘जताबाट आएको हो त्यतै जानुहोस’ भन्ने ‘निर्णय’ सुनाउन सक्ने सम्भावनालाई अस्वीकार गर्न सकिँदैन ।

    सहमति बमोजिमको तीन वर्ष यता प्रचण्डले ‘हलचल’ गर्न खोजे भने उनलाई केपीले ‘भाग छुट्याएर बाटो लाग्न’ बाध्य पार्ने स्थिति छ ।

    यसले ओलीलाई विस्थापित गर्ने कार्य केवल सरकारको नेतृत्व परिवर्तनमा मात्र सीमित नभई पार्टी विभाजनसम्म पुग्न सक्छ । अभियान टाइम्सका साथमा ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…