•  

    काठमाडौं । यस वर्षकै सुपर हिट नेपाली कथानक चलचित्र ऐ मेरो हजुर ३ बेलायतमा प्रदर्शन गरिने भएको छ । देशविदेशमा प्रदर्शन भई नेपालमा ५१ दिन मनाउन सफल चलचित्र ए मेरो हजुर ३ लाई बेलायतमा मिलन नाल्बोको नेतृत्वमा प्रर्दशन हुन लागेको हो । बेलायतको मेडस्टोन शहरमा आउदो जुलाई ७ तारिक प्रर्दशन हुने नाल्बोले जानकारी दिएका छन् । नेपाली चलचित्रलाई माया गर्दै उत्कृष्ठ चलचित्रलाई प्रोत्साहन गर्न उक्त फिल्म हेर्न मिलनले आग्रह गरेका छन् । फिल्म युनिटसँगको सहकार्य र सद्भाव सहित चलचित्र प्रदर्शन गरिन लागेको बताउदै मिलनले सम्पूर्ण नेपाली दाजुभाई दिदीबहिनीलाई चलचित्र हेर्न आग्रह गरेका छन् । यतिवेला फिल्मकि नायिका सुहाना थापा र निर्देशक झरना थापा बेलायत मै छन् ।
    झरना थापाले निर्देशन गरेको यो चलचित्रलाई सुनिलकुमार थापाले निर्माण गरेका हुन् ।
    चलचित्रमा नायक अनमोल केसी, नायिका सुहाना थापा, कलाकार सलोन बस्नेत, रेअर राई लगायतको मुख्य भूमिका छ ।
    झरना थापा निर्देशित ‘ए मेरो हजुर ३’ मा अनमोलको कोएक्टरको रूपमा सुहाना थापाले डेब्यु गरेकी छन् ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…