• विराटनगर । जिल्ला खेलकुद विकास समिति मोरङका अध्यक्ष किशोरलाल अमात्यको कार्यकाल सकिनै लाग्दा अध्यक्षमा दाबेदारी गर्नेहरु सकृय हुन थालेका छन् । अध्यक्षमा दाबी गर्नेहरुमा हालकै कार्यसमितिमा रहेका लक्ष्मण पोखरेल, सुजय गौतम, रोहित कोइराला लगायतका देखिएका छन् ।

    दाबेदारमध्यका लक्ष्मण पोखरेलले भने अबको नतृत्व युवाकै हातमा जानुपर्ने अडान् राखेका छन् । राष्ट्य साच्चै नै युवालाई नेतृत्व दिन तयार हो भने आफुले नै नेतृत्व पाउनु पर्ने पोखरेलको दाबी समेत गरेका छन् । अध्यक्षको दाबेदार पोखरेल भन्छन् ‘अहिले आम नेपालीको माग नै नेतृत्वमा युवा हुनुपर्छ भन्ने छ, यो राष्ट्यको माग पनि हो र मेरा लागी अवसर पनि हो म पछि हट्ने छैन् ।’

    आफु कार्यसमितिमा रहेकोे अनुभवहरु सुनाउदै पोखरेलले भने ‘मोरङ जिल्ला फुटवल, क्रिकेट लगायतका खेलमा पहिले देशमा नै अग्रणी स्थानमा रहने गरेकोमा अहिले खेलका गतिविधि बढाउन नसक्दा पछि पर्न लागेको छ । जिल्लाको खेलकुदलाई पुनः दुरुस्त बनाउनका लागी समिति हाक्ने युवा पाईलटको आवश्कता देखिएको छ । ’

    पोखरेलले विराटनगरस्थित सहिदरंगशालाको फ्रडलाईन निर्माणको लागी केही वर्षदेखि विषेश पहल गर्नुका साथै जिल्लामा रहेका खेलमैदानको स्थतउन्नतीका लागी सरोकारवालासँग पहल गर्दै आएका छन् । उनीले राष्ट्य तथा स्थानीय स्तरमा आयोजना भएका थुप्रै खेलहरुमा स्वयम उपस्थित भई जिल्लाका खेलाडिहरुलाई प्रेरणा दिनुका साथै खेल व्यवस्थापनमा सहजीकरण गर्ने भुमिका समेत खेल्दै आएका छन् ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…