• देबु बानियाँ
    बाहुण्डाँगी । २४ जना प्रतिस्पर्धीलाई पछि पार्दै आदर्श विद्यागृह दमौलीकी साराह श्रेष्ठले व्यास नगर साइनिङ स्टारको सातौं संस्करणको ताज पहिरेकी छिन् ।
    व्यासनगर जेसीजले आयोजनामा भएको प्रतियोगिताको फाइनल राउन्डमा उत्कृष्ट नृत्य र मन्तव्य दिएकी साराह दर्शकको छनौट पर्दै उपाधी माथि कब्जा जमाएकी हुन् । विजेता घोषित भएकी छन् । दमौली पार्टी प्यालेसमा शनिवार राती अबेर सप्पन्न प्रतियोगितामा विजेता बनेकी साराहले उपाध्ीसँगै नगद २५ हजार प्राप्त गरिन ।
    प्रतियोगितामा जलदेवी माविकी कविता थापा फस्ट रनर अप तथा सत्यवती माविका गौरव सापकोटा सेकेन्ड रनर अप घोषित भए । दोश्रो र तेश्रोले उपाधिसँगै क्रमश नगद १५ र १० हजार रुपैयाँ प्राप्त गरे ।
    प्रतियोगिताका विजयीलाई व्यास नगर प्रमुख वैकुण्ठनाथ न्यौपाने, प्रमुख निर्णायक हरिसिंह गुरुङ, निर्णायक तथा गायक हेमन्त शर्मा तथा प्रायोजकले पुरस्कार प्रदान गरे ।
    प्रतियोगितामा बेस्ट स्माइल कविता थापा, पर्सनालिटी अवार्ड प्राप्ती न्यौपाने, बेस्ट र्याम्प वाक अवार्ड विपिन श्रेष्ठ, वेस्ट पर्फरमेन्स अवार्ड गौरव सापकोटाले जिते । यसैगरी बेस्ट कस्ट्युम अवार्ड साराह श्रेष्ठ, डिसिपिलिन अवार्ड रोनिसा राना, प्रोजेक्ट वर्क अवार्ड नविना थापा, भिवर च्वाइस अवार्ड अंकिता थापा, वेस्ट कन्टृब्युसन अवार्ड अंकिता दुरा र फोटोजेनिक अवार्ड रबिना तामाङलाई प्रदान गरिएको थियो ।
    कार्यक्रममा व्यास नगर प्रमुख न्यौपानेले प्रतियोगिताले बाल प्रतिभा प्रस्फुटनमा महत्वपूर्ण भुमिका खेलेको बताए ।
    प्रतियोगिता आयोजक सव्यासनगर जेसीजका अध्यक्ष रमेश गिरीको सभापतित्व कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रम सफल बनाउन साथ दिने सबै सहयोगीहरुलाई अध्यक्ष गिरीले धन्यवाद दिनुभयो । कार्यक्रममा नेपाल जेसीजका राष्ट्रिय उपाध्यक्ष गोकुल सापकोटा, नेपाल जेसीजका पूर्व राष्ट्रिय कार्यकारीणी उपाध्यक्ष अशोक शंकर, पूर्व राष्ट्रिय उपाध्यक्ष सुदिप राजभण्डारी, पूर्व महासचिव अरुणेश्वर खनाल, छिमेकी शाखाका शाखा अध्यक्षहरुको सहभागिता रहेो थियो ।
    स्मरण रहोसः यो प्रतियोगिता यो जिल्लाकै उत्कृष्ट र निरन्तर रुपमा ७ वर्षदेखि सञ्चालन हुँदै आएको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…