• काठमाडौं । नेपालमा आयोजना गर्न सरकारले अनुमति दिएको बलिउडको नीजि अवार्ड आईफाका लागि आयोजकले नेपालसँग ४० लाख डलर मागेको छ । नेपाल पर्यटन प्रवद्र्धन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिईओ) दीपकराज जोशीले अवार्डका लागि आउने करिब ६ सय पाहुनाका लागि हवाई भाडा, होटल खर्चबाहेक अलग्गै ४० लाख डलर मागेको बताएका छन् ।

    बोर्डमा आइतबार पत्रकार सम्मेलन गर्दै बोर्डले आईफा अवार्ड नेपालमा आयोजना हुनु मौका भएको बताएको छ । सिईओ जोशीले आईफा अवार्ड नेपालमा आयोजना हुँदा पर्यटन उद्योगलाई फाइदा पुग्ने दावी गरे । उनले बाहिर हल्ला भएजस्तो अवार्डका लागि सरकारले बजेट भने व्यवस्था नगरिसकेको बताए । उनले सो कार्यक्रम आयोजनाका लागि करिव ४ सय मिलियन अमेरिकी डलर नेपालले व्यवस्था गर्नुपर्ने प्रस्ताव आएको र त्यसलाई बोर्ड, काठमाडौं महानगरपालिका र निजी क्षेत्रले मिलेर व्यहोर्ने विषयमा छलफल भइरहेको पनि जानकारी दिए ।

    बोर्डले सो अवार्ड नेपालको पर्यटन प्रवद्र्धनका लागि अन्त्यन्तै ठूलो अवसर भएकाले पनि नेपालमा गर्ने निर्णयमा सरकार पुगेको जनाएको छ । सो अवार्डको आयोजनाबाट नेपाल र राजधानी काठमाडौंको परिचय विश्वमाझ पुग्ने पनि बोर्डको अपेक्षा छ । बलिउडका कलाकारहरु सहभागी हुने सो अवार्ड पर्यटन प्रवद्र्धनका लागि अति उपयोगी हुने भएकाले आयोजना गर्न लागिएको पनि प्रमुख कार्यकारी अधिकृत जोशीले बताए ।

    जोशीका अनुसार सो अवार्ड आयोजना गर्ने मिति र त्यसका लागि बजेट व्यवस्था गर्ने काम आगामी दिनमा हुने छलफलबाट तय हुनेछ । मन्त्रिपरिषद बैठकले सो अवार्डको आयोजकको रुपमा नेपाल पर्यटन बोर्डलाई अनुमति दिने निर्णय गरिसकेको छ भने काठमाडौं महानगरपालिकाले सहआयोजकको भूमिका निर्वाह गर्नेछ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…