• काठमाडौं । राजमार्ग अवरोध गरेर प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीलाई नियन्त्रणमा लिन खोज्दा प्रहरीले चलाएको गोली लागेर सर्लाहीमा एकजनाको मृत्यु भएको छ ।

    जिल्लाको ईश्वरपुर नगरपालिकामा शनिबार एक बालकको मृत्यु भएको विषयलाई लिएर आइतबार आक्रोशितहरुले राजमार्गमा प्रदर्शन गरेका थिए । प्रदर्शनकारीलाई राजमार्गबाट हटाउने प्रयास गर्दा प्रहरीले गोली चलाउँदा एकजनाको मृत्यु भएको प्रहरी प्रवक्ता एसएसपी विश्वराज पोखरेलले डिसीनेपाललाई जानकारी दिए । प्रहरीको गोली लागेर स्थानीय युवा करिब २६ वर्षका सत्यनारायण महतोको मृत्यु भएको हो ।

    राजमार्ग खुलाउन प्रहरीले अश्रुग्यास प्रहार गर्दा पनि स्थिति नियन्त्रणमा लिन नसक्दा बाध्य भएर प्रहरीले हवाई फायर गरेको प्रवक्ता पोखरेलले बताए ।

    खोलामा बालुवा झिकेको खाल्डोमा डुबेर बालकको मृत्यु भएपछि स्थानीय वासिन्दाले बालकको शवसहित राजमार्गमा प्रदर्शन गरेका थिए ।
    प्रदर्शनकारीले राजमार्ग नै अवरोध गरेपछि प्रहरीले उनीहरुलाई त्यहाँबाट हटाउन खोजेको थियो । सो क्रममा प्रदर्शनकारी र प्रहरीबीच मुठभेडको अवस्था आउँदा अप्रिय घटना भएको प्रहरीले जनाएको छ ।

    अहिले सो क्षेत्रको अवस्था तनावग्रस्त छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…