बाहुण्डाँगी । आधुनिक कृषि प्रणालीसहित किसानलाई हौषला जगाउँदै नेपालको यो संस्कृतिको जर्गेना गर्ने उदेश्यका साथ राष्ट्रिय धान दिवसको अवसरमा प्रस्तावित धनकुटा लेडी जेसीजले सामुहिक धान रापाई सम्पन्न गरेको छ ।
कृषि प्रदान देशमा पछिल्लो समय किसानहरुको कृषितर्फ आर्कषण खघट्दै गएको र बेठी लगाएर धान रोप्ने नेपाली परम्परा लोप हुँदै गएकोले यसको संरक्षणका लागि धनकुटा लेढडी जेसीजले कार्यक्रको आयोजना गरेको थियो ।
रोपाईपछि सहभागिहरुले दही चिउरा खाँदै रमाइलो गरेका थिए । कार्यक्रममा चित्रकार डिल्ली कृष्ण आलेले त्यहाँ भई रहेका गतिबिधी चित्रण गर्नु भएको थियो ।
शाखाकी संस्थापक अध्यक्ष प्रमिशा श्रेष्ठको सभापतित्व तथा प्रदेश नं १ का माननीय सांसद इन्द्रमणी पराजुलीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा सशस्त्र प्रहरी वल धनकुटाका प्रहरी नायव उपरिक्षक बालकृष्ण श्रेष्ठ, धनकुटा उधोग वाणिज्य संघका अध्यक्ष उमेश घिमीरे, ६ नं वडाका अध्यक्ष नरेश श्रेष्ठ र पाङसिङ्ग खाल्डे सहकारी संस्थाका अध्यक्षको बिशेष आतिथ्य रहेको थियो ।
उपाध्यक्ष बिमला न्यौपानेले स्वागत गर्नुको भएको कायक्रमको संचालन कला राईले गर्नु भएको थियो ।
यसै क्रममा धनकुटा लेडी जेसीजले आजैका दिन धनकुटामा रहेका ८० जना कैदीलाई कारागारमै गएर दही चिऊरा खुवाएको थियो ।