• काठमाडौं – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसद नवराज सिलवालले धान दिवसका अवसरमा आफ्ना दलका कार्यकर्ताहरूसँग खेतमा खिचाएको तस्वीर भाइरल बनेको छ । तस्वीर देखिएका सिलवालको सबैले आलोचना गरेका छन् ।

    ललितपुर क्षेत्र नं. १ बाट प्रतिनिधि सभा निर्वाचनमा तत्कालीन एमालेबाट विजयी भएका सिलवालले असार १५ गते धान दिवसका दिन खेतमा हातमा सेतो पञ्जा लगाएर रोपइ गरे जस्तो गरी तस्वीर खिचाएकोमा आलोचित बनेका हुन् ।

    उनकै पार्टीका शीर्ष नेताहरू परम्परागत रुपमा खेतमा प्रवेश गरेर रोपाइ गरेर धान दिवस मनाएका छन् । आफ्नै पार्टीका कार्यकर्ता र नेताहरूसँग घुलमिल गर्न धेरै रुचि नराखेको भनेर आलोचना खेप्दै आएका सिलवालको आइतबार धान दिवसका अवसरमा सार्वजनिक भएको तस्वीरले झन् आलोचित बनाएको छ ।

    नेकपाका सांसद सिलवाल कालो पार्टी शू, हातमा सेतो पञ्जासहित खेलको आलीमा बसेर रोपिएको धानको दुई सरो बेर्नालाई छोएर तस्वीर खिचाएका छन् । सिलवालका दलका केही महिला कार्यकर्ताहरूले पनि धानका बेर्नालाई छोए जस्तो गरेर टाढैबाट हात देखाएका छन् ।

    उता, सिलवालसँग पराजित भएका नेपाली कांग्रेसका नेता एवम् पूर्वअर्थ राज्यमन्त्री उदयशम्शेर राणा भने आफ्नो दलका कार्यकर्ताहरूसँग खेतभित्र प्रवेश गरेर धान दिवस मनाएका छन् ।

    हिलोको प्रवाह नै नगरी नेपाली कांग्रेसका युवा नेता राणाले कार्यकर्तासँग रमाइलो गरेर धान दिवस मनाएका थिए ।

    नेपाली प्रहरीको आईजीपी बढुवा काण्डमा कीर्ते गरेको अभियोग लागेका सिलवालले जागिर छाडेर तत्कालीन एमालेमा प्रवेश गरेका थिए । कीर्ते काण्डमा सिलावललाई पक्राउ गर्न पुर्जी जारी भएका बेला उनी भूमिगत समेत भएका थिए ।

    प्रहरीको आईजीपी बढुवा काण्डमा विवादित बनेका सिलवाललाई गृहमन्त्री बनाउने भनेर निर्वाचनका बेला चर्चा समेत गरिएको थियो ।

    सिलवाललाई खड्गप्रसाद ओलीले पार्टीको तर्फबाट टिकट दिएर ललितपुर क्षेत्र नं. १ बाट निर्वाचित गराएका थिए ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…