• मेचीनगर । क्षितिज युवा क्लबको आयोजनामा आइतवारबाट अन्तर क्लब स्तरीय फुटल प्रतियोगिता सुरु भएको छ । उद्घाटन खेलमा आयोजक टिम विजयी भएको छ ।
    नव ज्योति युवा क्लबलाई ४–२ को गोल अन्तरले हराउँदै आयोजक सेमीफाइनलमा प्रवेश गरेको हो । सोमवारको खेल केके एफसी र चन्द्रगढीबिच हुने उपाध्यक्ष कृष्ण तामाङले बताउनु भयो ।
    प्रतियोगिताको उद्घाटन मेचीनगर ५ का वडा अध्यक्ष योगेन थापाले गर्नु भएको थियो ।
    जिल्लाका विभिन्न् ८ वटा क्लबको सहभागिता रहेको प्रतियोगिताका विजेता टिमले नगद ३० हजार, मेडल र ट्रफी तथा उपविजेता टिमले २० हजार पाउने फुटबल आयोजक समितिका अध्यक्ष सन्तोष गिरीले बताउनु भयो । गिरीका अनुसार । प्रतियोगिताको फाइनल खेल २३ गते हुनेछ । प्रतियोगिताका लागि स्थानीय युवा व्यवसायी मुख्य प्रायोजकका रुपमा रहनु भएको छ ।
    फुटबल आयोजक समितिका अध्यक्ष सन्तोष गिरीको सभापतित्व तथा मेचनगर ५ का अध्यक्ष योगेन थापाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा विशेष अतिथि समाजसेवी दिलिप सुब्बाले बोल्नु भएको थियो । देबु बानियाँ स्वागत तथा सुभाष सेलिङ लिम्बूको सञ्चालनमा सम्पन्न भएको थियो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…