•  

    असार १६, काठमाडौं । राजधानीमा एक सातादेखि नउठेको फोहोर सोमबारदेखि व्यवस्थापन गरिने भएको छ । काठमाडौं महानगरका अधिकारी र डम्पिङसाइट नुवाकोटको सिसडोलका स्थानीयबीच आइतबार भएको सहमतिपछि फोहोर उठ्ने वातावरण बनेको हो ।

    सहमतिअनुसार सिसडोलका स्थानीयले काठमाडौंबाट फोहोर लिई जाने गाडीलाई अवरोध गर्ने छैनन् । उनीहरूले प्रभावित क्षेत्रका बासिन्दालाई दिइँदै आएको क्षतिपूर्ति बढाउनुपर्ने, बाँकी क्षेत्रसमेत तत्काल अधिग्रहण गर्नुपर्नेलगायत माग राख्दै ५ दिनदेखि फोहोर लिएर आउने गाडी रोकेका थिए ।

    महानगर र सिसडोलवासीबीचको सहमतिमा स्थानीयको माग पूरा गर्न दुवै पक्षको प्रतिनिधित्व रहेको १३ सदस्यीय समिति गठन भएको छ । समितिले सिफारिस गरेअनुसार महानगरले स्थानीयको माग पूरा गर्नेछ ।

    पहिलो बैठकले समितिका संयोजक तोक्नेछ । समितिले अध्ययन गरी महानगरलाई प्रतिवेदन बुझाउने र त्यसैअनुसार माग पूरा गर्दै जाने सहमति भएको बैठकमा सहभागी महानगरका एक अधिकारीले जानकारी दिए ।

    झन्डै एक सातादेखि फोहोर नउठदा राजधानीका चोकचोकमा फोहोर थुप्रिएको मात्र छैन, दुर्गन्धसमेत फैलिएको छ । सिसडोलका स्थानीयले शनिबार फोहोरका गाडी अवरोध गर्ने क्रममा प्रहरीसित झडप हुँदा केही सर्वसाधारण घाइते भएका थिए । कान्तिपुरबाट ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…