• इटहरी – नेपाल उद्योग वाणिज्य संघको इटहरीको शनिबार सम्पन्न निर्वाचनको उद्योग र वाणिज्यतर्फ दुबै समुहमा नेपाली कांग्रेस निकट व्यवसायीहरु अत्यधिक मतले विजयी भएका छन्। कांग्रेस निकट व्यवसायी भीम पौडेल समूहको प्यानल नै बिजयी भएको हो।

    पौडेल समूहतर्फ दिवश पोखरेलले ३५७, मुक्ती दाहाल २९९, बिष्णु नारायण डागीँ ३०५, लक्ष्मण हुमागाइ ३०५ मत प्राप्त गरी बिजयी हुँदा विष्ट समूहका राजेन्द्र केसरी घिमिरे २५५, राजन भेटवाल २३२, बज्र लिम्बु २२४, किशन खेडिया १९३ मत प्राप्त गरेका थिए।

    यसैगरि वाणिज्यतर्फ भीम पौडेल समूहको प्यानल नै बिजयी भएको छ । आईतबार विहान आएको परिणाम अनुसार पौडेल समूहका विष्णुप्रसाद रिजाल २५०४, अनिल सुब्बा (काका) २४९७, जीवन पराजुली २४६३ पाएर विजयी भए।

    त्यस्तै पीताम्बर पोखरेल २२९६, नवराज काफ्ले २२६०, खगेन्द्र बिमली २२४८, रामकुमार श्रेष्ठ २१४६, रामहृदय राय १८४२,अशोक अग्रवाल १८०७ मत प्राप्त गरी बिजयी भएका हुन ।

    त्यस्तै बिष्ट समूहका कमल पौडेल १७४६, टंकप्रसाद खनाल १६८९, देवराज मादेन १६६९, माधव न्यौपाने १५२१, फडिन्द्र मगर १५१५, लक्ष्मी धिताल १५०३, रितेश श्रेष्ठ १४०६, भोलाप्रसाद निरौला १३७२, राजेश खनाल १३४४ मत प्राप्त गरे।

    महिला सदस्यतर्फ पौडेल समुहका गायत्री भण्डारीले २७२२, पौडेल समुहकै शोभा कोईरालाले २६१९ मत ल्यायर विजयी भए । विष्ट समुहका रञ्जु सिग्देलले १९९३ र पुनम थापा मगरले १६३३ ल्याए।

    बस्तुगततर्फ बलराम भण्डारीले ९ मत लिएर विजयी भएका छन्। विष्ट समुहका उमानाथ दाहाल र पौडेल समुहका महेन्द्र रेग्मीको ८,८ आए पछि बराबरी भयो भने सुरेश कार्कीको ७ मात्र आयो ।

    अध्यक्षको अन्तिम मत गणना अनुसार अध्यक्षमा भिम पौडेलले २९०४ मत ल्याएर विजयी भए। सुरु देखि नै उनले शैलेस विष्टलाई पछि पादै आएका थिए। विष्टले भने १७७८ मत ल्याए।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…