• आमाको हत्या गर्न यस्तो ‘डेन्जर’ खेल, १२ लाख दिने आश्वासन
    भक्तपुर- भक्तपुरको चाँगुनारायणमा सावित्री भट्टराईको हत्या आफ्नै छोरीले प्रेमीसँग मिलेर गराएको खुलासा भएको छ । महानगरीय अपराध महाशाखाले हत्यामा संलग्न भएको आरोपमा छोरीसहित चारजनालाई सार्वजनिक गरेको छ ।

    हत्यामा संलग्न भएको आरोपमा सिरहा विष्णुपुर घर भई हाल भक्तपुर पुरानो ठिमी बस्दै आएका २३ वर्षीय मोहम्मद नैसाद, भारत जनक भगत ईडीका २४ वर्षीय अर्जुन कुमार भनिने भोला कुमार, भारत मधुमनी रजौरी थानाका २४ वर्षीय मोहम्मद रहिश र मृतककी कान्छी छोरी २७ वर्षीय ईश्वरी भट्टराईलाई सार्वजनिक गरेको हो । आमाको हत्या योजना छोरी ईश्वरीले नै बनाएकी थिइन् ।

    प्रेम सम्बन्धमा आमा बाधक बनेको भन्दै छोरी इश्वरी भट्टराईले १२ लाख रुपैयाँ सुपारी दिएर आमाको हत्या गराएको खुलासा भएको हो ।

    सावित्रीको भक्तपुरको चाँगुनारायण ७ बाँसबारीमा आइतबार हत्या भएको थियो । नीहरुलाई सोमबार पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिएको छ । प्रहरीले घटनामा प्रयोग भएको चक्कु समेत सार्वजनिक गरेको छ । अभियुक्तमाथि थप अनुसन्धान भइरहेको महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी सहकुल थापाले जानकारी दिए ।

    उनीहरुले भारतीय नागरिक भोलाकुमारसँग सल्लाह गरेर मोहम्मद रहिसलाई नेपाल बोलाई हत्या गराएका थिए।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…