काठमाडौं । सशस्त्र प्रहरी निरीक्षक उमेश थापा र नेपाल प्रहरीका प्रहरी निरीक्षक शेखरजंग मल्लको नेतृत्वमा २५-२५ जनाको बेग्लाबेग्लै टोली नेपाली सेनाको एमआइ १७ हेलिकोप्टरमा संखुवासभा पुगेको छ।
विप्लवका कार्यकर्ता र गस्तीमा रहेको प्रहरीबीच मुठभेडभएपछि थप मद्दतको लागि सेनाको हेलिकोप्टर सोलुखुम्बुको सिलिचोङ पुगेको हो । विप्लवका कार्यकर्ता र प्रहरीबीच सिलिचोङ गाउँपालिका–१ होयङमामा सोमबार बिहान गोली हानाहान भएको थियो ।
काठमाडौंबाट गएको सेनाको हेलिकोप्टरले सिलिचोङको क्षेत्रमा हवाई गस्ती गरिहेका छ। हेलिकोप्टरले सिलिचोङको बस्ती र मकालुवरुण जंगलको क्षेत्रमा गस्ती गरिरहेको छ ।