• काठमाडौं । मंगलवार सूर्यग्रहण लाग्दैछ । यो सूर्यग्रहण चार मिनेट ३३ सेकेण्डसम्म चल्ने संभावना रहेको छ । यस बर्षको यो नै एकमात्र सूर्यग्रहण हुनेछ ।

    द वेदर च्यानलका अनुसार , सूर्य ग्रहण ६ हजार माइलको दुरीबाट गुज्रनेछ । सूर्य ग्रहण प्रशांत महासागर र दक्षिण अमेरिकाबाट देखिनेछ ।

    रिपोर्टका अनुसार, सूर्य ग्रहण चिल्ली र अर्जेंटीनाको केहि हिस्सा र दक्षिण प्रशांतको इलाकामा छाउनेछ । दक्षिण अमेरिकामा छिमेकि देशोंमा आंशिक ग्रहण दिखिनेछ ।

    पौराणिक ज्यातिष मान्यताका अनुसार ग्रहणको समयमा मानिसले केही कुरामा ध्यान दिनुपर्ने हुन्छ । यस्तोमा यो समयमा केही काम गर्न वर्जित गरिएको छ । विशेषगरी गर्भवती महिलाले यस विषयमा विशेष ध्यान दिनुपर्ने हुन्छ । यस किसिमका महिलाको लागि आफ्ना बच्चाको सुरक्षाको प्राथमिकता सबैभन्दा महत्वपूर्ण कुरा रहने गरेको छ । ग्रहणअघि सुतक लागेपछि यी कुराहरुमा ध्यान राख्नु जरुरी हुन्छ –

    १. ग्रहणको समयमा गर्भवती महिलाले तरकारी काट्ने वा कपडा सिलाउनेजस्ता काम गर्नुहुँदैन । यस किसिमको कामले गर्भमा हुर्किँदै गरेको बचचामा शारीरिक दोष हुने आशंका हुन्छ ।
    २. सुतक कालमा खाना पकाउने, खाने, श्रृङ्गार गर्ने र सुत्न पनि वर्जिथ मानिएको छ ।
    ३. ग्रहण सकिएपछि गर्भवती महिलाले स्नान नगरे बच्चामा चर्मरोग देखिनसक्छ ।
    ४. ग्रहणको समयमा कुनै शुभ वा नवीन कार्य गर्नुहुँदैन । यो कार्य पूरा हुने सम्भावना कम हुन्छ ।
    ५. ग्रहणको समयमा आफ्ना आराध्य देवको नाम स्मरण गर्नु राम्रो मानिन्छ । यो क्रममा कुनै देवी–देवताको मूर्ति वा तस्वीर, तुलसी र शमीको बिरुवालाई छुनुहुँदैन ।
    ६. ग्रहण सकिएपछि स्नान गरेर स्वच्छ वस्त्र लगाउनुपर्छ । ग्रहणको समयमा लगाएको वस्त्र नुहाएपछि लगाउनु हुँदैन ।
    ७. पौराणिक मान्यताअनुसार ग्रहणको क्रममा अन्नको जति दाना खाइन्छ, त्यति वर्षसम्म व्यक्तिले नरकको कष्ट भोग्नुपर्छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…