• 'फेसबुक च्याट'लाई लिएर खुकुरी हाना-हान

    'फेसबुक च्याट'लाई लिएर खुकुरी हाना-हान

    पोखरा : पोखराको बगरस्थित नयाँगल्लीमा किशोरहरूबीच खुकुरी हानाहान भएको छ। फेसबुक च्याटको विषयलाई लिएर १५ र १६ वर्षे किशोरहरूबीच सोमबार दिउँसो १ बजेतिर खुकुरी हानाहान भएको हो।

    कास्कीकोट घर भई बागलुङ बसपार्क बस्ने १६ वर्षका विपिन सुवेदी, १६ कै दिपेश सेन्चूरी, १७ का निकेश पुन, भुवन मगर र लोप्चन राईले अर्को समूहलाई खुकुरीले आक्रमण गरेका थिए। आक्रमणमा लोप्चनको औँला काटिएको छ भने विजयको टाउकोमा चोट लागेको छ।

    अर्को समूहमा बगर बस्ने १६ वर्षीय विजय लामा, सोही स्थान बस्ने १५ वर्षीय विकास तामाङ, अधेरीकुना बस्ने १७ का राजन शर्मा र मिरुवाका १७ वर्षीय मिन भण्डारी छन्। घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता तथा डिएसपी राजकुमार केसीले जानकारी दिए।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…