• ट्रकले म्याजिकलाई ठक्कर दिँदा ३ को मृत्यु, १२ जना घाइते

    ट्रकले म्याजिकलाई ठक्कर दिँदा ३ को मृत्यु, १२ जना घाइते

    १६ असार, जनकपुरधाम । सिरहामा सोमबार भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । १२ जना घाइते भएका छन् ।

    पूर्व-पश्चिम राजमार्ग अन्तर्गत जिल्लाको लहान नगरपालिका-११ पडरियास्थित सडकखण्डमा मालबाहक ट्रकले म्याजिकलाई पछाडिबाट ठक्कर दिँदा तीन जनाको घट्नास्थलमै मृत्यु भएको हो ।

    प्रहरीका अनुसार मृत्यु हुने तीनै जना म्याजिकमा सवार हुन् । म्याजिकमा सवार सिरहाको पुरानो चोहर्वा निवासी ४० वर्षीय गणपति महरा, बरियारपट्टी गाउँपालिकाका ७० वर्षीया बचियादेवी राम रहेका छन् । एकजनाको सनाखत हुन सको छैन् ।

    पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको ना१ज ७४५४ नम्बरको म्याजिक रोकेर यात्रु चढाइरहँदा सोही दिशातर्फ जाँदै गरेको ना८ख २४१५ नम्बरको ट्रकले पछाडिबाट ठक्कर दिएको सिरहा प्रहरीले जनाएको छ ।

    दुर्घटनामा घाइते भएका १२ जना मध्ये एक जनाको अवस्था गम्भीर रहेको छ । घाइतेहरुको लहानस्थित अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

    दुर्घटनापछि दुबै सवारीका चालक फरार भएका छन । उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…