बीरेन्द्रकुमार साह
बिराटनगर ,
मोरङ्गको सुनवर्षी नगरपालिका—९ मा बन्दै गरेको मकर्ज (मुस्लीम समुदायको प्रार्थना गर्ने स्थान) को सेफ्टिट्याङकीको फर्मा खोल्ने क्रममा ज्यान गुमाएका चारै जनाको परिवारलाई सुनबर्शी नगरपालिकाले पचास पचास हजार सहयोग प्रदान गर्ने सुनबर्शी नगरपालिकाका प्रमुख कालिप्रसाद दासले बताउनु भयो। यश अघि आईतबार सुनबर्शी नगरपालिकाले घटनाको शोक प्रकट गर्दै बिदा समेत दिएको थियो
गत शनिबार सेफ्टिट्यांकीको फर्मा खोल्न पसेका साथीलाई उद्दार गर्न खोज्दा मो. फिरोज आलम, मो. सहनवाद, कफिल आलम र मो. वसिब आलमको मृत्यु भएको हो । फर्मा खोल्न बासको भर्याङबाट पसेका साथीलाई उद्दार गर्न पसेका चारै जनाको निसास्सिएर मृत्यु भएको हो ।