• बाहुण्डाँगी । जेसीज सप्ताह अन्तर्गत सोमबार ( आज )चौथो दिन दुर्घटना न्यूनीकरण तथा ट्राफिक सचेतता कार्यक्रम सम्पन्न भएको छ ।पुर्ब पश्चिम राजमार्ग अन्तर्गत मोरङ्को पथरी सडकखण्डमा प्रमुख अथिती संविधान सभा सदस्य चन्दी प्रसाद राईले कार्यक्रम को उद्घघाटन मोटरसाईकलको नम्बर प्लेटमा नम्बर लेखेर गर्नुभयो । कार्यक्रममा बोल्दै राईले दिनहु सडक दुर्घटना बढी रहेको समयमा जेसिज ले गरेको कार्यक्रम स्वागत योग्य रहेको बताउदै यस्ता खालका कार्यक्रम साप्ताहिक तथा मासिक रुपमा गर्न आवश्य रहेको औलाउनु भयो । ट्राफिक मात्र लागेर दुर्घटनामा न्यूनीकरण नहुने बाताउदै सर्बसाधारणले पनि अफ्नै जीवन सुरक्षाको लागि हो भन्ने बुझेर सवारीसाधन को प्रयोग गर्दा नियम भित्र रहेर प्रयोग गर्न आग्रह गर्नु भयो । त्यस्तै गरि ट्राफिक प्रहरी नायब निरीक्षक मणि राज कोइरालाले बर्तमान समयमा दुर्घटना बढनुमा मुख्यत सर्वसाधारणको लापरबाहीले गर्दा भएको बताउदै सबै जना सुरक्षित रहनको लागि सर्वसाधारण जनता नै जागरुक र एकजुट भएर लाग्नु पर्ने बाताउनुभयो ।त्यस्तै गरि सुरक्षित समाजको निर्माण गर्ने उदेश्य ले कार्यक्रम को आयोजना गरिएको दुर्घटना न्यूनीकरण तथा ट्राफिक सचेतता कार्यक्रमका कार्यक्रम संयोजक जेसि काशिहाङ राईले बाताउनु भयो ।कार्यक्रममा नम्बर प्लेटमा नम्बर स्पष्ट नभएका मोटरसाईकल तथा गाडीहरुमा जेसिजका पदाधिकारी को आगुवाई तथा ट्राफिक प्रहरिको सहकार्यमा लेखिनुक साथै स्थानीय बासिन्दालाई ट्राफिक नियम को बारेमा जानकारी गराइएको थियो ।कार्यक्रम जेसिज वर्ष २०१९ का अध्यक्ष जेसि मानबहादुर दियालिको सभापतित्वमा भएको थियो भने कार्यक्रममा ईलाका प्रहरी कार्यलय पथरिका प्रहरी सहायक निरीक्षक कमला लिङ्देन,जनप्रतिनिधि,जेसिजका पदाधिकारी,लगायतको उपस्थिति रहेको थियो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…