• पथरीः पथरी शनिश्चरे नगरपालिकाका जनप्रतिनिधिले आफन्तलाई कर्मचारी नियुक्त गर्ने गरेको पाइएको छ । उनीहरूको क्षमता र दक्षताका आधारमा भन्दा पनि सम्बन्धित विषयको सामान्य ज्ञान भएकै आधारमा उनीहरूलाई नियुक्त गरिएका कारण कतिपय कर्मचारी विवादमा पनि तानिएका छन् । तर विवादमा आएकाहरूलाई पनि स्थानीय सरकारले कार्वाही गर्न सकेको छैन ।

    पछिल्लो समय अनियमितताको आरोप लागेका उपमेयर यमुना बिष्ट बास्तोलाकी दिदीका छोरा अरुण क्षेत्री अझैसम्म पनि कार्यालयमै कार्यरत छन् । उनका बारेमा नगरपालिकाले अहिलेसम्म प्रष्ट जानकारी दिन सकेको छैन ।

    त्यस्तै, वडा नम्बर २ का अध्यक्ष याम गुरगाईका भाइ लक्ष्मी गुरागाई, ७ का वडाध्यक्ष कपिलमणि ढकालकी बुहारी इन्दिरा ढकाल, ४ का वडाध्यक्ष गोबिन्द भण्डारीकी भान्जी शारदा कटुवाल, ७ का वडा सदस्य बिर्खबहादुर मगरकी श्रीमती सम्झना राई पनि कर्मचारीको रूपमा काम नियुक्त भएका छन् ।जनप्रतिनिधिले आफन्त र नजिकका व्यक्तिलाई शुरुमा स्वयम्सेवक राख्ने र पछि नियुक्त गर्ने गरेको स्थानीयको आरोप छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…