• १. नतिजा पछिको मनोविज्ञान बारे ।
    एसईई परिक्षाको रिजल्ट बिहिवार प्रकाशित भएको छ । रिजल्ट संगै धेरै विद्यार्थी खुसी छन् आफ्नो सोच अनुसारको नतिजा प्राप्त भएकोमा ।
    केही दुःखित छन् । कारण सोचे अनुरुप ग्रेड प्राप्त नआएर । त्यही कारणले उनीहरूले गलत निर्णय लिने बारे पनि सोच्न पनि सक्छन् । त्यसैले अभिभावकहरुले उनीहरूलाई सकारात्मक साथ दिनु आवश्यक छ । एसईईको नतिजा प्राप्त विद्यार्थीहरुले बुझ्नुपर्छ कि परिक्षा जीवनको एक सानो पक्ष हो । जीवन विराट छ, जीवनमा धेरै संभावना छन् । उनीहरूले अहिले आएको नतिजालाई सकारात्मक रूपमा लिदै जीवनलाई थप उत्कृष्ट वनाउन अब के गर्न सकिन्छ भन्नेतिर ध्यान दिनु आवश्यक छ ।

    २. कक्षा ११ मा पढ्ने विषय बारे ।
    पढ्ने भन्नेमा ध्यान दिनेछन् । हुन पनि बिषय छनोटले उनीहरूको जीवनमा दीर्घकालीन असर पार्नेछ । सहि बाटो रोझ्नु नै आधा सफलता हो भन्ने उक्ति जस्तै उनीहरूले सहि बिषय रोज्न सके भने जीवनमा सफलता प्राप्त गर्न सजिलो हुन्छ, नत्र पढाइमा सफल भए पनि जीवनमा असफल हुन सक्छन् ।

    एसईई पछि कुन विषय पढ्ने भन्ने सन्दर्भमा धेरै कुराले प्रभाव पारेको हुन्छ । जन्मजात खुबी, रुचि, आर्थिक अवस्था, रोजगारका अवसर क्षेत्र, प्राप्त अवसरहरु आदिले पढ्ने विषयलाई प्रभाव पारेको हुन्छ । हाल नेपालमा एसईई पछि पढ्नको लागि धेरै विषयहरु उपलब्ध छन् । ती विषयहरु बारे जान्न अति आवश्यक छ ।

    एसईई पछि साधारण तर्फ विज्ञान, व्यवस्थापन, मानविकी, शिक्षा र कानुन संकायमा पढाइ हुने गर्दछ । तेस्तै प्राविधिक तर्फ इन्जिनियरिङ, मेडिकल, कृषि आदि क्षेत्रमा विभिन्न विषयहरूको पढाइ हुने गर्दछ । त्यस बाहेक विभिन्न जीवन उपयोगी तालिमहरु हुने गर्दछन ।

    खास गरि कुनै पनि विषयहरु छनोट गर्दा आफुले जीवनमा गर्न चाहेको काम वा उदेश्यसंग जोडेको हुनुपर्ने जानकारहरु बताउँछन् । तपाईंको जीवनमा के उदेश्य के हो ? त्यसले विषय छनोटलाई धेरै प्रभाव पार्दछ । एक जना विद्यार्थी नेताले गणित बिषय पढेका थिए । उनले गणित बिषय भन्दा राजनीति शास्त्र, इतिहास, अर्थ शास्त्र पढेको भए आफुलाई अझै राम्रो गर्ने अनुभव आफुले गणितमा स्नातक सकेपछि मात्र अनुभूति गरे । सहि विषय छनोट गर्न नजानेर असफल भएका, मानसिक रोगको शिकार भएका धेरै उदाहरणहरु छन् । त्यसैले एसईई दिएर बसेका विद्यार्थीहरुलाई क्यारियर काउन्सिलिङ शिक्षा दिनु अति आवश्यक भएको छ ।

    वर्तमान शिक्षाले राष्ट्रियता, आर्थिक उन्नति, मानव क्षमतामा विस्तार, सकारात्मकता, आफ्नो पहिचान एवम मुल्यमान्यता, समसामयिक मुद्दा लगायतका विषयहरुका विषय वस्तुहरुलाई माथी उठाउनु परेको छ ।

    ३. कक्षा ११ मा पढ्ने विषय मात्र सबै थोक होईन ।
    कक्षा ११ मा पढ्ने विषय औपचारिक शिक्षाको एक विषय मात्र हो । तर जीवनका धेरै आयामहरुलाई त्यो पाठ्यक्रमले समेट्न सक्दैन । त्यसैले समय समयमा विभिन्न जीवन उपयोगी शिक्षा लिनु अति आवस्यक छ । केही जीवन उपयोगी शिक्षाहरुमा सुपरमेमोरी, सफलता शास्त्र, सकारात्मक सोच, समृद्धि साधना, नेतृत्व विकास, होलिस्टिक मेडिसिन्स, समायोजन, तनाव व्यवस्थापन, वक्तृत्वकला, समस्या समाधान आदि ।
    अचेल क्यारियर काउन्सिलिङ गर्ने भनेर विभिन्न कलेज एवम शैक्षिक संस्थाहरुले प्रचारबाजी गरिरहेका छन् । तर उनीहरूको सहि काउन्सिलिङ गर्ने तथा बिद्यार्थीलाई मदत गर्ने कुनै चासो छैन । केवल जसरी भए पनि आफ्नो शैक्षिक संस्थामा भर्ना गराउनु छ । यसो गर्दा विद्यार्थी झन अलमलमा परेका छन् । जीवन प्रती निराश भएको पाईन्छ । त्यसैले एसईई पछि सहि परामर्श शिक्षाको अति आवश्यक भएको छ ।
    त्यसै कुरालाई मध्य नजर गर्दै सकारात्मक जीवन अभियानले निशुल्क परामर्शको व्यवस्था गरेको छ ।
    थप जानकारीको लागि ९८५७०११०४१ मा फोन गर्न सकिन्छ ।

    लेखक खनाल मनोविद तथा गल्याङ जेसीज (स्याङ्जा) का २०१९ का शाखा अध्यक्ष हुन् ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…