• काठमाडौं। सोमबार संखुवासभाको सिलिचुङ गाउँपालिकामा सुरक्षाकर्मीले आफ्नो शान्तिपूर्ण कार्यक्रममा प्रहरीले दमन गरेको भन्दै नेत्रविक्रम चन्द नेतृत्वको प्रतिबन्धित नेकपाले निन्दा गरेको छ ।

    नेकपा प्रवक्ता प्रकाण्डले सोमबार साँझ विज्ञप्ति जारी गर्दै शान्तिपूर्ण कार्यक्रममा दमन गरेको भन्दै निन्दा गरेका छन् । उनले सरकारले एकतिर शान्ति र लोकतन्त्रको कुरा गर्ने र अर्कोतर्फ शान्तिपूर्ण राजनीतिक कार्यक्रममा दमन गर्ने गरेको भन्दै कडा आलोचनासमेत गरेका छन् । उनले सरकार यसरी नै दमनमा उत्रे कडा प्रतिरोध गर्ने चेतावनीसमेत दिएका छन् ।

    सोमबार बिहान विप्लव समूहका कार्यकर्ता र प्रहरीबीच गोली हानाहान भएपछि प्रहरी प्रधान कार्यालयले ५० जना सुरक्षाकर्मी उक्त ठाउँमा पठाएको छ।

    सेनाको एमआई–१७ हेलिकप्टरबाट सशस्त्र र जनपद प्रहरीका दुई टोली घटनास्थलमा पठाएपछि अहिले सुरक्षाकर्मीले गोली हाना हान भएको ठाउ वरपर सर्च गरिरहेको प्रहरी प्रधान कार्यालय काठमाडौँका एसपी रमेश थापाले डिसी नेपाललाई बताए।

    एसपी थापाका अनुसार सशस्त्र प्रहरीका निरीक्षक उमेश थापाको नेतृत्वमा २५ जना र प्रहरी निरीक्षक शेखरजंग मल्लको नेतृत्वमा २५ जना सुरक्षाकर्मी सेनाको हेलिकप्टरमा पठाइएको छ। प्रदेश १ कार्यालयबाट पनि सुरक्षाकर्मीको एक टोली पठाईएको छ। सुरक्षाकर्मीको टोलीले सो ठाउँ वरपर सर्च गरिरहेको छ।

    विप्लव समूह र सुरक्षाकर्मीबीच गोली हानाहान भएको संखुवासभाका प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद दुलालले जानकारी दिए। ‘घटनास्थल सदरमुकामबाट एक दिनको पैदल दूरीमा भएका कारण विस्तृत विवरण आइसकेको छैनर,’ प्रजिअ दुलालले डिसी नेपालसँग भने, ‘आज विहान साढे नौ बजे विप्लव समूह र सुरक्षाकर्मीबीच ‘क्रस फायर’ भएको सूचना आएको छ।’

    सरकारले विप्लव समूहलाई गत फागनु २८ गते प्रतिबन्ध लगाएको थियो ।सरकारी प्रतिबन्धपछि पनि विप्लव समूहको गतिविधि भने नियन्त्रणमा आइसकेको छैन। केही समय अगाडि सुरक्षाकर्मीको कारवाहीमा विप्लव समूहका सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेलको मृत्यु भएको थियो।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…