• असार १७, काठमाडौं । सभामुख कृष्णबहादुर महराले संघीय संसदका सांसदलाई ल्यापटप घर लान नदिइने बताएका छन् । उनले सदन र संसदीय समितिमा रहँदा संसदको काममा प्रयोग गर्न मात्र ल्यापटप सांसदलाई दिन लागिएको बताए ।

    संसद् सचिवालयले दुवै सदनका ३ सय ३४ सांसदलाई ल्यापटप दिँदै छ। ल्यापटप खरिदका लागि सचिवालयले टेन्डर आहवान गरिसकेको छ। यसका लागि सरकारले विकास बजेट रकमान्तर गरी संसद् सचिवालयलाई डेढ महिनाअघि करिब ४ करोड रुपैयाँ निकासा दिएको छ।

    संसद् दिवसका अवसरमा सचिवालय र संसद् भवन नयाँ बानेश्वरमा सोमबार आयोजित छुट्टाछुट्टै कार्यक्रममा सभामुख महराले सांसदका ल्यापटप संसदकै मातहतमा रहने बताए। ‘कापी र कागजमा लेख्नुभन्दा ल्यापटप प्रयोग गरी छिटो र छरितो ढंगबाट सांसदहरूले संसदीय काम गरून् भनेर ल्यापटप दिन लागिएको हो,’ उनले भने, ‘संसद् र संसदीय समितिलाई पेपरलेस बनाउने लक्ष्य छ।’

    सभामुख महराले सांसदलाई ल्यापटप बाँड्न लागियो भनेर गलत प्रचार भइरहेको समेत बताए। ‘सांसदले संसद्मा रहँदा आफ्ना काम गर्छन्। काम भ्याएपछि मन्त्रिपरिषद्मा जस्तै सबै ल्यापटप संसद्मै छाडेर घर जान्छन्,’ उनले भने।

    सचिवालय र समितिमा सांसदहरूको छुट्टाछुट्टै च्याम्बर नहुने भएकाले मन्त्रिपरिषद्मा जसरी सांसदहरूले ल्यापटप छाडेर घर फर्कने कुरा व्यावहारिक नहुने सचिवालयकै अधिकारी बताउँछन्। ‘सांसदलाई घरमै लैजान ल्यापटप दिन लागिएको हो। सांसदलाई ल्यापटप बाँड्न लागियो भनेर बाहिर भइरहेको विरोधलाई मत्थर गर्नमात्र सभामुखले ल्यापटप घर लान नदिने दाबी गर्नुभएको हो,’ ती अधिकारीले भने। कान्तिपुरबाट ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…