• काठमाडौं : प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी ओलीले पार्टी एकताका क्रममा भएको आन्तरिक सहमतिपत्रमा अध्ययन नै नगरी हस्ताक्षर गरेको बताएका छन्। पार्टी संसदीय दलको सोमबार बसेको बैठकमा सहमतिपत्रबारे सांसदहरुले प्रश्न उठाएपछि अध्यक्ष ओलीले भने, ‘पार्टी हितका निम्ति र कम्युनिस्ट पार्टीलाई बलियो बनाउन मैले जेमा पनि हस्ताक्षर गर्न सक्नु भनेको थिएँ। उहाँ (पुष्पकमल दाहाल) ले ल्याउनु भयो, मैले हस्ताक्षर गरिदिएँ।

     

    त्यसपछि मात्र मैले अध्ययन गरेको हुँ भन्ने खबर अन्नपूर्णपोस्ट दैनिकमा छ।’ सहमति बीचमै सार्वजनिक भएपछि र सहमतिका विषयमा अध्यक्ष दाहालले एक टेलिभिजन अन्तरवार्तामै खुलाएपछि नेकपाभित्र विवाद देखिएको थियो। दाहालले प्रधानमन्त्री ओलीले सहमतिपत्र लेखेर ल्याउन आग्रह गरेअनुसार आफूले लेखेको र प्रधानमन्त्रीले हस्ताक्षर गरेको बताएका थिए।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…