• काठमाडौं, १७ असार । संयुक्त राज्य अमेरिकाले भारतीय संस्थापन भारतीय जनता पार्टीले हिन्दू राज्य बनाउनका लागि खर्च गरेको आरोप लगाएको छ ।

    पहिलो पटक आफ्नो विदेश नीतिमा धार्मिक मुद्दालाई जोड दिदै प्रतिवेदन तयार पारेको अमेरिकाले भारतको सस्थापनमाथि त्यस्तो आरोप लगाएको हो ।

    हालै मात्र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका विश्वासपात्र मानिने उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले नेपालका पत्रकारको एउटा टोलीसँगको संवादमा नेपाल हिन्दू राज्य हुनसक्ने बताएका थिए ।

    त्यसको केहि समय अगाडि अमेरिकी सरकारको प्रतिवेदनले नेपालमा भारतीय जनता पार्टीले हिन्दु धर्मका लागि खर्चालु व्यवाहार गरेको उल्लेख छ ।

    रिपोर्ट अन इन्टरनेशनल रिलिजियस फ्रिडम– २०१८ मा यस्तो उल्लेख भएको विवरणहरू सार्वजनिक भएका छन् । उसले भनेको छ, ‘भाजपाले नेपालका सबैजसो राजनीतिक दलका नेताहरूलाई पैसा दिएको छ ।’

    नेपालमा इसाई धर्म निकट संघसंस्थाले पैसा बाँडेको भनी विरोध भइरहेका बेला अमेरिकाले सार्वजनिक गरेको यो प्रतिवेदन ठ्याक्कै उल्टो छ ।

    अमेरिकी विदेशमन्त्री माइक पम्पेओले सन् २०१८ को १ जनवरीदेखि ३१ डिसेम्बरसम्मका घटनाक्रमका आधारमा तयार पारिएको प्रतिवेदन सार्वजनिक गरेका थिए । विश्वभरका घटना समेटिएको अमेरिकी प्रतिवेदनमा नेपालसम्बन्धी प्रसंग १४ पृष्ठमा दिइएको छ ।

    प्रतिवेदन सार्वजनिक गर्दै अमेरिकी विदेशमन्त्री पम्पेओले धर्मका आधारमा कतिपय मुलुकमा जेल पठाइनुका साथै हत्यासमेत भएको जनाएका छन् ।

    उनले ट्रम्प प्रशासनले धार्मिक स्वतन्त्रतालाई पहिला कहिल्यै नभएको विदेश मामिलाको एजेन्डाका रुपमा अहिले प्रवर्धन गरेकोसमेत उल्लेख गरेका छन् । अभियान टाइम्सका साथमा ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…