• देबु बानियाँ
    बाहुण्डाँगी । नेपाल जेसीजका राष्ट्रिय कार्यकारीणी उपाध्यक्ष जेसी रमेशचन्द्र भुषालले ‘जुन’ महिनाको अफिसर अफ द मन्थको अवार्ड पाउन सफल हुनु भएको छ ।
    नेपाल जेसीजले मंगलवार सार्वजनिक गरेको ‘अफिसर मन्थ’ को अवार्ड अन्तर्गत भुषालले यो महिनाको अवार्ड पाउन सफल हुनु भएको हो । यो अवार्ड राष्ट्रिय अध्यक्ष सिनेटर महेश पौडेलले आफ्नो राष्ट्रिय पदाधिकारीहरु मध्ये उत्कृष्ट एक जनालाई प्रदान गर्दै आउनु भएको छ ।
    क्षेत्र ‘ख’ अन्तर्गतका शाखाहरुको निरुपित कार्यकारीणी उपाध्यक्ष भुषालको नेपाल जेसीजको ४ वटा क्षेत्र मध्ये व्यवसायिक क्षेत्रका निरुपित कार्यकारीणी उपाध्यक्ष समेत हुनुहुन्छ । यो वर्ष नेपाल जेसीजले पोखरामा आयोजना गरेको नेपालमै पहिलो विजनेश एकाडेमी सम्पन्न गर्न र नेपाल जेसीजको टोली कोरिया कन्फ्रेन्समा गएका बखत समेत कार्यकारीणी राष्ट्रिय अध्यक्षको जिम्मेवारी सम्हाल्नु भएको भूमिका उल्लेखिय रहेको थियो । स्पष्ट वक्ता र जेसीज अभियानमा निरन्तर तल्लिन भुषाल कपिलवस्तु जेसीजका पूर्व अध्यक्ष हुनुहुन्छ । रातोकलम अनलाइनसँगको कुराकानीमा कार्यकारीणी उपाध्यक्ष भुषालले यो अवार्डले आफुलाई थप जिम्मेवारी बढेको महसुस भएको बताउनु भयो । भुषाल नेपाल जेसीजको रत्ननगरमा हुने यो वर्षको ४६ औँ राष्ट्रिय महाधिवेशनका समेत निरुपित हुनुहुन्छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…