• २०७६ आषाढ १८ बुधवार

    खेलको माध्यमबाट अंतराबिभागमा भाइचारा स्थापित गर्ने उद्देश्यले अर्थशास्त्र बिद्यार्थी समाज( ECOSS) र अर्थशास्त्र केन्द्रीय विभाग(CEDECON)को संयुत आयोजना तथा नेपाल बैंक लिमटेड द्धारा मुख्य प्रायोजनमा अन्तर विभागीय फुटसल प्रीयोगीता २०७६ आज संपन्न भएको छ। २४ वटा टिम सहभागि रहेको उत्त प्रतियोगिता CSIT बिभागले उपाधि जित्न सफल भयो।

     

    फाइनल खेलमा CSIT विभागले Education विभागलाई १ गोलका विरुद्ध ९ गोल प्रहार गर्दै प्रतियोगिताकै फराकिलो गोल अन्तरका साथ उपाधि उचाल्न सफल भएको हो।

    प्रतियोगिताको समापन सभामा अर्थशास्त्र विद्यार्थी समाज(ECOSS)का अध्यक्ष प्रकाश नेपालको अध्यक्षता, अर्थशास्त्र केन्द्रिय बिभाग(CEDECON) प्रमुख प्राध्यापक डाक्टर कुशुम शाक्य को प्रमुख आतिथ्यतामा र नेपाल बैंक लिमिटेड केन्द्रिय कार्यालयका योजना शाखा प्रमुख लेखनाथ भुसालको बिशिस्ट आतिथ्यतामा सम्पन्न भएको आयोजक कमिटीका सदस्य तिलक सिंह महाराले जानकारी दिनुभयो!

    उक्त सभामा बोल्दै नेपाल बैंक लिमिटेड केन्द्रिय कार्यालयका योजना शाखा प्रमुख लेखनाथ भुसालले देशको समग्र आर्थिक बिकासका लागी ब्यक्तिगत बिकास अपरिहार्य रहेको र ब्यक्तिगत बिकासको लालागि शैक्षिक सगसगै खेलकुद लगायतका अन्य सामाजिक र सहभागीता मुलक कार्यक्रमहरु सम्पन्न हुन आवस्यक भएको र त्यस्ता कार्यक्रमहरु सम्पन्न गराउन आफू सधै सहयोग गर्न तत्पर रहेको कुरा व्यक्त गर्नुभएको थियो! यस्तै सभा समापनमा बोल्दै सभाध्यक्ष प्रकाश नेपाले समग्र प्रतियोगितामा प्रत्यक्ष तथा अप्रत्यक्ष सहयोग पुर्याउने सबैप्रति कृतज्ञता प्रकट गर्नुभएको आयोजक कमिटीका सदस्य महारा ले जानकारी दिनुभयो !

    उक्त कार्यक्रममा ग्लोबल आइएमइ बैंक किर्तिपुर शाखाका प्रमुख , नेपाल बैंक लिमिटेड कीर्तिपुर शाखाका प्रमुख लगायत त्रिभुवन बिश्वबिद्धालयका विभिन्न केन्द्रिय बिभागका प्रमुखहरूको पनि उपस्थिति रहेको थियो।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…