• यौन दुर्बलताले धेरै मानिस पीडित छन् । यसको उपचारको लागि कतिपयले बजारमा पाइने बिभिन्न प्रकारका औषधी प्रयोग गरिरहेका हुन्छन् । यस्ता औषधीको प्रयोगबाट दीर्घकालीन रुपमा स्वास्थ्यमा नकारात्मक असर पर्दछ ।

    तनावपूर्ण जीवनशैली र अव्यवस्थित खानपानले सेक्स शक्तिमा ह्रास आइरहेको हुन्छ । यसको उपचारमा मानिसहरुले थुप्रै पैसा खर्च गरिरहेका हुन्छन् । तर, उनीहरुलाई सेक्स क्षमता बढाउने औषधी आफ्नै घर वरपर निःशुल्क रुपमा पाइन्छ भन्ने कुरा थाहा हुदैन ।

    आयुर्वेदमा सेक्ससँग जोडिएका बिभिन्न समस्याको उपचार सैकडौं वर्षदेखि हुदै आएको छ । रोमन सभ्यतामा पनि मसलाको प्रयोगबाट सेक्स क्षमता बढाउने गरेको पाइएको छ । ठूलो इलायची, इलायची, ल्वाङ्ग, दालचीनी र कालो मरिच जस्ता मसलाको सन्तुलित सेवनले सेक्सको शक्ति बढाउँछ । त्यसैले पनि यिनैको सुगन्धको प्रयोग धेरै एरोटिक परफ्यूम बनाउन प्रयोग हुन्छ ।

    ज्वानोको दाना नियमित रुपमा सेवन गरे सेक्सको इच्छा शक्ति बढ्छ । एक गिलास दूधमा कालो मरिचको पाउडर र बदाम मिलाएर सत्नुभन्दा अघि सेवन गरेमा पनि यौनको इच्छा बढाउन सहयोग हुन्छ ।

    महमा कालो मरिच मिलाएर सेवन गरेमा पनि यौन शक्ति बढ्छ । यसले चिसोबाट पनि बचाउँछ । अश्वगंधा, रातो चन्दन, ल्वाङ्ग, सिधे नूनलाई बराबर मिलाएर खाएमा पनि शरीरलाई उत्तेजक बनाउछ र लामो समयसम्म यौन सम्पर्क राख्न सकिन्छ । अर्जुन रुखको सेतो बोक्रालाई धूलो बनाइ दूधमा मिलाएर रातिमा सेवन गरेमा कामेच्छा बढ्ने गर्दछ । यो पाउडर आयुर्वेदिक औषधि पसलमा पाइन्छ

    किन उत्तेजित नभएको होला ?

    चाहिएको बेला चाहेजस्तो गरेर लिंग उत्तेजित नभै यौनसम्पर्क राख्न नसकेको अनुभव धेरैजसो पुरुषले जीवनको कुनै न कुनै बेला गरेका हुन्छन् । लिंग उत्तेजित नहुनु वा उत्तेजित अवस्थामा आइसकेको लिंगलाई त्यही स्थितिमा राख्न नसक्ने समस्यालाई Impotence वा Erectile Dysfunction भनिन्छ ।
    लिंग राम्रोसँग उत्तेजित नहुने कारण शारीरिक तथा मानसिक दुवै हुन सक्छन् ।

    लिंगको उत्थित हुन सक्ने तन्तुमा रक्तप्रवाहलाई नकारात्मक रूपमा प्रभाव पर्ने कुनै पनि स्थिति लिंग उत्तेजित नहुने सम्भावित कारण बन्न सक्छ । मधुमेह, मृगौलाको खराबी वा कलेजोको खराबी, प्रजनन अङ्ग वा त्यसको स्नायु प्रणालीलाई प्रभावित गर्ने गरी भएको चोटपटक वा रोग, रक्तनसा वा रक्त प्रणालीमा भएको खराबीले लिंग उत्तेजित नहुने समस्या गराउन सक्छ । एलर्जी, रक्तचाप तथा मानसिक रोगको उपचारका क्रममा खाइने कतिपय औषधी पनि यसको कारण हुनसक्छ । पार्किन्सन्स रोग वा क्यान्सरको उपचारमा प्रयोग गरिने औषधीले पनि यस्तो गराउन सक्छ ।

    साह्रै थकाइ लागेकाले होस् वा अधिक मादक पदार्थको सेवन गरेकाले होस्, लिंग उत्तेजनामा नकारात्मक असर परेको हुन सक्छ । तपाईंले यस्तो कुनै कुराको प्रसङ्ग उल्लेख नगर्नु भएकाले त्यस्तो केही भएजस्तो लाग्दैन, तर तपाईं नै यसका बारेमा जानकार हुनुहुन्छ, विचार गर्नु होला कि कतै यीमध्ये कुनै भएको त छैन ?

    समाधान के होला ?

    Peformance Anxiety अर्थात् कार्य सम्पादनको चिन्ताले धेरै कुरा बिगार्न सक्छ । जब कुनै कार्य ठीक तरिकाले हुँदैन कि भनेर चिन्ता गर्न थालिन्छ र बिस्तारै त्यो चिन्ता बढ्न थालेपछि कार्य सम्पादन क्षमता ह्रास आउन थाल्छ । कति जनाले त यौन क्रियाकलापवाट परहेज गर्छन् अनि आत्मसम्मान घट्न थाल्छ, सम्बन्धमा समस्या आउन थाल्छ ।

    यस विषयमा सधंै चिन्ता गरिरहँदा वा चिन्ता गर्दिनँ भन्दा पनि (कतै आज गर्दा पनि उत्तेजित हुँदैन कि भनेर) त्यसकै बारेमा जहिले पनि सोचिरहँदा यौनकार्य सम्पादनमा सुधार आउँदैन । मनमा भय वा चिन्ता हटाउनु आवश्यक हुन्छ । आत्मविश्वास बढाउनुपर्छ । तनाव र चिन्ता कम गर्ने उपाय अपनाउनुपर्छ । कतिपय स्थितिमा औषधी पनि सेवन गर्नुपर्ने हुन्छ ।

    महत्वपूर्ण कुरा के भने दृढ अठोट तथा धैर्यता यसका लागि अति नै आवश्यक हुन्छ । भावनात्मक तथा प्रणय सम्बन्धका लागि समर्पित भएर प्रयास गर्नुपर्छ । सम्बन्धलाई नै रमाइलो राख्न के गर्न सकिन्छ भन्ने विषयमा सोच्नुपर्ने हुन्छ । यसमा आफ्नी श्रीमती वा यौनसाथीको सहयोग तथा समझदारी उत्तिकै महत्वपूर्ण हुन्छ । श्रीमती अर्थात् यौनसाथीको समझदारीपूर्ण सहयोगले मनमा भएको चिन्ता हटाउन अनि आत्मविश्वास जगाउन मद्दत गर्छ ।


     

सम्वन्धित समाचार

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…

 सल्लेरी (सोलुखुम्बु), १८ फागुन : जलवायु परिवर्तनका कारण हिमाल पग्लिएको र यसले स्थानीय समुदायमा पार…