•  जुवा खेल्दै गरेका वडा अध्यक्षसहित पाँचजना पक्राउ  जुवा खेल्दै गरेका वडा अध्यक्षसहित पाँचजना पक्राउ 

    सुनसरी : प्रहरीले जुवा खेलिरहेको अवस्थामा इटहरी उपमहानगरपालिका-१५ का वडा अध्यक्ष अध्यक्ष श्रवणकुमार चौधरीसहित पाँचजनालाई पक्राउ गरेको छ। वडा अध्यक्ष चौधरीसहित अन्य पाँचजनालाई सुनसरीको दुहवीबाट पक्राउ गरिएको सुनसरीका प्रहरी प्रवक्ता डिएसपी ज्ञानेन्द्र फुयाँलले जानकारी दिए। जुवाको खालबाट नगद २ लाख रकमसमेत बरामद गरेको प्रहरीले जानकारी दिएको छ। पक्राउ पर्नेमा वडाध्यक्ष चौधरीसहित मोरङको ग्रामथान गाउँपालिका ६ का ४० वर्षीय रुपेशकुमार तामाङ, ग्रामथान ५ का ४० वर्षीय लालबहादुर चौधरी, गढी गाउँपालिका ३ का ४२ बर्षीय रमेश चौधरी र ३९ बर्षीय जोगेन्द्र उराव रहेका छन्। पाँचैजना दुहवी १२ मा रहेको गंगा चौधरीको घरमा जुवा खेलिरहेका थिए। उनीहरूलाई गोप्य सूचनाको आधारमा छापा मारी पक्राउ गरेको फुयाँलले जानकारी दिए।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…