•  

    मोरंग काग्रेसको सभापतीमा विस्ववन्धु थापाले निर्वाचनमा म सभापति उठ्दा गिरिजा प्रसाद कोइराला पनि उठ्नु पर्छ र वहाले हार्नु पर्छ भन्ने कुरा राखे पछी गिरिजा प्रसाद कोइरालाले म हार्ने मान्छे होइन भनेर असहमती गरे पछी थापा निर्विरोध सभापती भएका थिए । उक्त कुराको प्रसंग जोड़्दै नेपाली काग्रेस का केन्द्रिय सदस्य डा। शेखर कोइरालाले प्रतिनिधी सभाको पुनर्स्थापनामा लाग्नु भएका गिरिजा प्रसाद को त्यो अभियानमा धेरैमा विस्वास थिएन र म स्वयंमा पनि विश्वास थिएन अन्तत प्रतिनिधी सभा पुनर्स्थापना गराएरै छोडनु भयो त्यो वहाको नेतृत्व क्षमताले नै सवैलाइ एक ठाउमा राख्न सक्ने गुण ,विशेष्ता र क्षमताले शिखर पुरुष वनायो, राजनेताको रुपमा स्थापित गर्यो भन्दै वहा हार्ने मान्छे नभएको टिप्पणी गरेका थिए ।

    मोरंग काग्रेसले आयोजना गरेको ९६ औं गिरिजा प्रसाद कोइरालको जन्मजयन्तीको कार्यक्रमको अवसरमा प्रमुख अतिथि रहनु भएका डा। शेखरले कम्युनिस्ट विरोधीको रुपमा चिनिनु भएका गिरिजा प्रसाद कोइरालाले आफ्नो जीवनको उतरार्धमा सहमती सहकार्य र एकता भनेर माओवादी संग १२ वुदे सहमती गरकै परिणती हो संघिय गणतन्त्र अव अहिले नेकपा ले यस्लाइ मास्न उद्धत रहेको हुदा यस्को संरक्षण नेपाली काग्रेसले गर्नु पर्ने भएको वताउनु हुदै अहिले नेपाली काग्रेसमा वैचारिक मतान्तर र तिक्तता छ यस्लाइ मिलाएर लाने क्षमता नेतृत्व तहमा वसेकाले गर्नु पर्छ त्यसमा पनि पाटी सभापतिको ज़िम्मेवारी भित्र पर्छ त्यो देखिएन।

    अहिले नेकपाको सरकार असफल हुदै गएको गणतन्त्रलाइ संस्थागत रुपमा स्थापित गराउन सहयोगी भुमिका नरहेको प्रसंग उल्लेख गर्दै डा शेखर कोइरालाले आइफा एवॉर्ड , गुठि विधेयक , प्रेस काउन्सिल , राष्ट्रीय सुरक्षा विधेयक ,यि सवै सर्वसत्तावादका उदाहरण हुन

    केपी ओलि यौटा व्याक्ती हुन भोलि प्रचण्ड हुन या झलनाथ जो भएपनि कम्युनिस्ट सरकार मा हुनै नै यही हो भन्दै कम्युनिष्ट सरकारको कार्य शैलिले राजावादीहरु चलवलाउन थालेका छन राजाको पनि सक्रियता वडेको छ धर्मको कुरा पनि आइरहेको छ यि सवै कम्युनिस्ट सरकारको कार्य शैलिले जनतामा वितृर्षणा वडेर गएको छ समयमै महाअधिवेशन गराएर काग्रेसमा रहेको तिक्तता हटाउ र काग्रेसलाइ जिवन र उर्जा दिनु नै कम्युनिंष्ट विरुध्द लडन सक्ने काग्रेस वन्ने छ भन्नु भयो ।

    मोरंग काग्रेस सभापती डिग बाहादुर लिम्वु को सभापतित्वमा भएको सो कार्य कार्यक्रममा गिरिजा प्रसाद कोइरालालाइ हामी शिंखर पुरुष भन्छौ विपी कोइरालालाइ जननायक गणेशमान लाइ लौह पुरुष कृष्ण प्रसाद भट्टराइलाइ सन्त पुरुष हामी भन्छौ यि विभुषणले विभुसित गर्छौं किन त्यो वहाहरुको नेतृत्व क्षमता र त्याग ले नै हो अहिले नेतृत्व तहमा वसेकाले त्यो त्याग र नेतृत्व क्षमतामा विकास गरेर राजनेता हुने तर्फ लाग्नु पर्ने मोरंग सभापतीको वताउनु भयो ।

    ओम आचार्यबाट

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…