• धरान । नेपाली कांग्रेस धरानले प्रहरी प्रशासनलाई पाँच दिनको अल्टिमेटम दिएको छ ।

    चार दिन अघि पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पसमा अध्ययनरत नेपाल विद्यार्थी संघका नेता धर्मेन्द्र यादवलाई कुटपिट गरेका अनेरास्ववियुका सुमन दाहाललाई हालसम्म पक्राउ नगरेको भन्दै क्याम्पस अगाडि विरोध प्रर्दशन र एक घण्टा चक्काजाम र खबरदारी सभा गरि कांग्रेसले प्रहरी प्रशासनलाई पाँचदिने अल्टिमेटम दिएको हो ।

    खबरदारी सभामा नेपाली कांग्रेसका जिल्ला सचिव एवम् प्रवक्ता सुजेन्द्र तामाङले पाँचदिन भित्र प्रहरीले अपराधी दाहाललाई पक्राउ नगरे आफै समातेर प्रहरीलाई बुझाउन नेविसंघलाई निर्देशन दिए । उनले दुईतिहाईको जनविरोधी सरकारसंग प्रहरी प्रशासन डराएर अपराधीलाई पक्राउ नगरेको आरोप लगाउंदै विद्यार्थीको शान्ति, सुरक्षा र क्याम्पसको शैक्षिक वातावरण कायम गर्न प्रहरी र क्याम्पस प्रशासनको ध्यानाकर्षण समेत गराए ।

    नगर सचिव श्याम पोखरलले क्याम्पस प्रशासनले टोले गुण्डाहरुलाई खुलमखुल्ला आवातजावत गर्न दिएकाले गुण्डाको आडमा मापसे गरी कुटपिट गरिएको बताए ।

    नेविसंघका जिल्ला सचिव टकेन्द्र राईले प्रहरीले कारवाही नगर्ने हो भने हामी आफै कारवाही गरेर देखाउने चेतावनी दिए । सभालाई पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पसका ईकाइ सचिव पवन कार्की, महेन्द्र वहुमुखी क्यापसका स्ववियू सचिव दोर्ची शेर्पा, ईकाइ सहसचिव अनुप पौडेल लगायतले संवोधन गरेका थिए ।

    नगर सभापति तिलक राईको नेतृत्वमा भएको खबरदारी सभामा क्षेत्रीय सभापति सुरेशमान श्रेष्ठ, जिल्ला सदस्यहरु चन्द्रशेखर लामा, अनिल श्रेष्ठ, गोविन्द बस्नेत, माधव घिसिङ, निलकुमारी गिरी, मोहन बस्नेत, महासमिति सदस्य उमेश थापा, महाधिवेशन प्रतिनिधि सन्तोष विक, क्षेत्रीय उपसभापति धनवहादुर कटवाल, सचिव मुरारी भट्टराई, नेविसंघका पूर्व केन्द्रीय सदस्य सागर प्रसाई लगायतको उपस्थिति रहेको थियो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…