• भक्तपुरको चाँगुनारायण नगरपालिका-७, बाँसबारीमा एक बृद्धा सावित्री भट्टराईको आइतबार बिहान घाटी रेटेर हत्या गरिएको छ । हत्यामा संलग्न ३ जना अपराधी मोहम्मद नैसद,भोला कुमार र मोहम्मद रहिसलाई नेपाल प्रहरीले सार्वजनिक गरेको छ भने मृतक भट्टराईकी कान्छी छोरी इश्वरी भट्टराईलाई अपराधीको बयानको आधारमा अनुसन्धानका लागि लिएको छ ।

    तर एक अन्तर्वार्ताको क्रममा सर्वत्र उनलाई हत्यारा भनेर चर्चा गरिएको भन्दै इश्वरीको श्रीमान सोनम थापा मगरले तथ्य बुझेर मात्रै बोल्न आग्रह गरेका छन् । नेपाल प्रहरीले समेत प्रमाण देखाएर मात्रै इश्वरीलाई अपराधि भन्न सक्ने बताउदै उनी त्यस अघि कोहि कसैले पनि इश्वरी अपराधी हो भन्न नपाउने बताए । उनले आफ्नी श्रीमती प्रति मायामोह भएर भन्दा पनि बच्चाको भविष्य सोचेर नै यसो भनेको समेत बताएका छन् । अपराध गरेको भए सजाय दिन सकिने तर अपराध प्रमाणित नभई कोहि कसैलाई पनि अपराधी भन्न नहुने उनले बताए । साथै हत्यारा र आफ्नी श्रीमतीको प्रेम सम्बन्धको बिषयमा चासो नभएको र आफुसंग श्रीमतीको सम्पूर्ण सम्बन्ध सकिएको भनेका छन् ।

    सोनाम निर्मित तथा अभिनित फिल्म ‘एकलब्य’ प्रदर्शनको क्रममा रहेको छ यहि साउन १० वाट प्रदर्शनमा आउने फिल्म एक्शन, कमेडी र सामाजिक बिषयमा निर्माण भएको छ । अनमोल शर्माले निर्देशन गरेको फिल्ममा सोनम लगायत पुष्कर राउत, नमिता राई, महिमा सिल्वाल, सुशिल पोखरेल, उमेश खड्का, सिपी पौडेलको अभिनय रहेको छ । अवि फिल्म्सको ब्यानरमा निर्माण भएको फिल्ममा द्धन्द्ध शंकर महर्जन, संगीत बसन्त सापकोटा, छायाँकन कृष्ण श्रेष्ठको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…