• भद्रपुर / कैदीबन्दी भेटन आउने महिलाहरुलाई कारागारमा सुरक्षार्थ खटिएका प्रहरीले गलत नजरले हेरी पीडा थप्ने काम गरेको स्थानीयले गुनासो गरेका छन् । भद्रपुरस्थित झापा कारागारमा थुनुवा तथा कैद भूक्तान गरिरहेका व्यत्तिलाई भेटन आउने आफन्त तथा पत्नीमाथि गिद्धे नजरले हेर्ने गरेको महिलाहरुको आरोप छ ।

    कारागारमा खटिएका सई नरेश आचार्यले जाने र फर्किने महिलाहरुलाई रोकेर अनेकथरी व्यक्तिगत तथा पारिवारिक विवरण सोधेर सम्पर्क नम्बर समेत लिने गरेको पीडित महिलाले बताएका छन् । कारागारको मुल गेटमा नाम दर्ता गराउदा मोवाइल नम्बर र नाम समेत उल्लेख गर्ने नियम रहेको छ । सोही विवरणको आधारमा आफन्तलाई भेटेर वाहिर निस्किएका महिलालाई बारम्बार फोन गरेर अनावश्यक कुरा गरी मानसिक पीडा दिने गरेको ती महिलाहरुले गुनासो गरे । ‘जेलमा श्रीमान छ भन्दैमा हामीमाथि प्रहरीको गलत नजर लगाउने, हामी माथि नजर लगायो ।’– एम महिलाले भनिन ।

    जेलमा रहेका श्रीमानलाई खानालगायत अन्य कानूनले दिने सामग्री लिएर जादा गुणस्तर सामान प्रहरीले झिक्ने गरेको पनि उनीहरुले बताए । फेरी आउँदा मेरो लागि सामान लिएर आउनु भन्दै माग गरेको भेटन आउने आफन्तहरुको गुनासो छ । ‘शुरु– शुरुमा राम्रै कुराहरु सोध्नु हून्थ्यो, म पनि भन्थे, श्रीमानलाई अप्ठ्यारो परेमा सहयोग गर्दिनु है जस्ता गफ हुन्थे, पछि त सई सापको नियत अकैं रहेछ ।’– अर्की महिलाले भनिन ।

    केही दिन अघि शनिबार विहानै हवल्दार राजकुमार यादव मार्फत एनसेल नम्बरबाट कल गर्न लगाएर ‘सई सापले तपाईसँग भेटेर विर्तामोड डुल्न जाउ भनेकाे पीडित महिलाले बताइन् । त्यस्तो कुरा गरेपछि आइन्दा देखि मलाई फोन नगर्नु भनेर हवल्दारलाई गाली गरे ।’–उनले भनिन ।
    कारागारमा प्रहरीले गरेको अभद्र कार्यशैलीका बारेमा कुनै जानकारी नआएको जिल्लाका डिएसपी महेन्द्रकुमार श्रेष्ठले बताए । पीडित महिलाले कार्यालयमा आएर जानकारी गराए आफुलाई कारबाही गर्न सजिलो हुने उनको भनाइ छ ।

    यता आरोपी आचार्यले भने आफुलाई महिलाहरुले गलत आरोप लगाएको बताएका छन् । आफुले आफ्नो ड्युटी पुरा गरेको हो । मेरो त्यस्तो कुनै नियत नभएको बताएका छन् ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…