• नेपालगन्ज– नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले पार्टीभित्र सुधारको खाँचो रहेको बताएका छन्। स्व. गिरिजाप्रसाद कोइरालाको ९६ औं जन्म जयन्तीको अवसरमा जिपी कोइराला फाउण्डेशन बाँकेले बुधबार नेपालगन्जमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

    ‘अहिले पार्टीभित्रको लडाई यथास्थितीवादी र सुधारवादीबीच चलिरहेको छ,’ केन्द्रिय सदस्य केसीले भने ‘सभापति शेरबहादुर देउवाले यथास्थितीवादीको नेतृत्व गरिरहनु भएको छ, भने मसहित केही साथीहरुले सुधारवादीको नेतृत्व गरिरहेका छौं।’ पार्टीको नेतृत्व पंक्ति बिधि र पद्धती अनुसार अगाडी बढ्नुपर्नेमा जोड दिदै उनले संगठनलाई चुस्त दुरुस्त बनाउनुपर्ने धारणा राखेका छन्। अहिलेको अवस्थामा पार्टी अगाडी बढ्न नसक्ने केसीको भनाई छ।

    त्यस्तै उनले सरकारले अधिनायकवादी चरित्र देखाउँदा जनता निराश रहेको बताएका छन्। उनले अहिलेको सरकार अधिनायकवादतर्फ उन्मुख भईरहेको जिकिर गरेका छन्। उनले भने, ‘वर्तमान सरकार लक्ष्यबिहीन हिसाबले अगाडी बढिरहेको छ, जसका कारण जनताले आहात महसुस गरिरहेका छन्।’ सरकारले स्वतन्त्र प्रेस, राष्ट्रिय मानव अधिकार आयोग, अदालत, गुठी लगायत चारैतिर हस्तक्षेप गरेर अधिनायकवादी चरित्र देखाईसकेको केसीको जोड छ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…