• सुरेन्द्रसिंह माल जब युवतीको पहिरनमा घर फर्के सबै अचम्म परे। २२ वर्षीय सुरेन्द्रलाई बेहोस बनाएर उनको लिंग काटेर युवतीको भेष धारण गराइएको खुलासा भएको छ।


    धनगढी– तीन वर्ष पहिले फुपाजुसँगै भारत गएका कञ्चनपुरको कष्णपुर नगरपालिका–१, दोमिल्लाका सुरेन्द्रसिंह माल जब युवतीको पहिरनमा घर फर्के सबै अचम्म परे। २२ वर्षीय सुरेन्द्रलाई बेहोस बनाएर उनको लिंग काटेर युवतीको भेष धारण गराइएको खुलासा भएको छ।

    युवतीको भेषमा छोरा घर फर्केपछि उनका आमा बुबाले जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा बन्दक बनाएर छोराको लिंग काटिदिएको जाहेरी दिएका छन्। कञ्चनपुर जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक दिनेश आचार्यले सोमबार उजुरी परेको बताएका छन्। ‘रोजगारीका लागि भारत गएको छोराको लिंग काटेर युवतीको भेषमा परिवर्तन गराएको भन्ने उजुरी परेको छ,’ उनले भने,‘उजुरी परेपछि सुरेन्द्रलाई बोलाएर मेडिकल जाँच गराउँदा लिंग काटिएको तथ्य फेला परेको हो।’

    भारतमा घटना घटेकाले आफूहरुको अधिकार क्षेत्रभित्र घटनाबारे हेर्न नपाइने कानुनी प्रावधान रहेकाले अनुसन्धान नगरीकनै मंगलबार नै छोडिदिएको उनले बताए। ‘घटना भारतमा घटेको हो, यहाँ हामी केही गर्न सक्दैनौ,’ उनले भने,‘दोषीलाई कारबाही गर्नका लागि भारतमै उजुरी दिनुपर्छ भनेर सम्झाई बुझाई अभिभावकसँगै पठाएका छौँ।’

    महाकाली अञ्चल अस्पतालमा उनको स्वास्थ्य परीक्षण गरिएको थियो। स्वास्थ्य परीक्षण गर्दा लिंग काटिएको र अन्य शारीरिक परिवर्तन नभएको पाइएको डाक्टरको रिपोर्टलाई उधृत गर्दै प्रहरी उपरीक्षक आचार्यले बताए।

    भारत गएको तीन वर्षपछि असार ८ गते कृष्णपुरस्थित घरमा पुगेका उनलाई छोरा भनेर कसैले पत्याएनन्। रोजगारीका लागि गएको छोरा युवतीको रुप धारण गरेर फर्केपछि आफू अचम्ममा परेको बताउँदै सुरेन्द्रकी आमा गंगादेवीले भनिन्,‘सुरुमा त छोरा हो भन्ने पत्याएकै थिइन्, जब उसले घरायसी कुरा गर्न थाल्यो, त्यसपछि भने छोरै हो भन्ने थाहा भयो। तर, युवतीको रुप धारण गरेपछि भने दुःख लागेको छ।’ विदेश गएको छोरा फर्केपछि बिहे गरेर बुहारी भित्र्याउने सपना बुनेकी गंगादेवीले छोरा नै युवती बनेर फर्केपछि सपना चकनाचुर बनेको बताइन्।

    सुरेन्द्र राष्ट्रिय बाल विद्यालयमा कक्षा १२ को परीक्षा दिएर रोजगारीका लागि फुपाजु र दाइसँग भारतको जम्बु पुगेका थिए।

    सुरुमा उनी कपडा पसल र घरायसी कामदारको रुपमा काम गर्न थाले। त्यसको करिब चार महिनापछि आफू गेष्ट हाउसमा काम गर्न थालेको सुरेन्द्रले बताए। गेष्ट हाउसमा काम गर्ने अवसरमा गुरुजी नाम गरेको किन्नर (तेस्रो लिङ्गी) को नजर सुरेन्द्रमाथि प¥यो। त्यसपछि गुरुजी नियमित गेष्ट हाउस आउन थालेको उनले बताए। उनले सुरेन्द्रसँग आफ्नो घरमा काम गर्न आग्रह गर्दै दोब्बर तलब दिने प्रलोेभन देखाए। ‘गेष्ट हाउस भन्दा दोब्बर कमाइ हुने भएपछि उनको घरमा गएँ’ सुरेन्द्रले भने,‘घरमा पुगेपछि बल्ल थाहा भयो कि गुरुजी तेस्रो लिङ्गी रहेछन्।’ घरको काम गर्दा–गर्दै उनलाई तेस्रो लिङ्गी बन्न बारम्बार आग्रह गरिएको उनले बताए। भागेर बुबा रहेको स्थान हरिद्वार आएको सुरेन्द्रले बताउँदै भने,‘बुबासँगै बसेर कम्प्युटर सिक्न थालेँ।’ हरिद्वार पुगेको थाहा पाएपछि पुनः गुरुजी आएर अपहरण शैलीमै गाडीमा हालेर चण्डीगढ पु¥याएको सुरेन्द्र बताए। चण्डिगढमै गुरुजीले जबरजस्ती विभिन्न कागजपत्रमा हस्ताक्षर गर्न लगाएको बताउँदै उनले भने,‘कागजातमा हस्ताक्षर नगरे ज्यान मार्ने धम्की दिइयो, त्यपछि मैले वकिल समक्ष आफू लिङ्ग परिर्वतन गर्न तयार रहेको कागजमा हस्ताक्षर गर्न बाध्य भएँ।’

    कागजातमा हस्ताक्षर गराइए लगत्तै अस्पतालमा लगेर बेहोस बनाइएको उनले बताए। ‘पाँच दिनपछि होसमा आउँदा मेरो लिंग काटिइसकेको थियो,’ उनले भने,‘लिंग नदेखेपछि रुन थाल्दा अप्रेसन बिग्रने भन्दैँ नरुन चिकित्सकले सल्लाह दिए।’ गुरुजीले नै लिंग परीवर्तनपछि जबरजस्ती डान्स बारमा काम गर्न लगाइएको बताउँदै उनले भने,‘मेरो लिंग काटिएपछि जबरजस्ती डान्सबारमा लगरे काम गर्न लगाइएको थियो, त्यहाँ मैले ग्राहकलाई सन्तुष्टि दिनुपथ्र्यो।’ लिङ्ग परिर्वतन भएपछि आपूmलाई परिवार तथा आफन्तसँग भेट गर्न अप्ठ्यारो लागेको उनले बताए।

    गुरुजीसँगै बस्दै आएका नइमसँग उनको हिचमिच बढेको थियो। सुरेन्द्रसँगै नइम पनि नेपाल आएका छन्। सुरेन्द्रका बुवा जैराज मालले छोराको लिंग काट्ने विरुद्ध उजुरी दर्ता प्रक्रिया अघि बढाएको बताएका छन्। कानुन व्यवसायी हिक्मतसिंह भण्डारीले उक्त घटना अंगभंग कसुर बमोजिम दर्ता हुने बताएका छन्। तर, कञ्चनपुर प्रहरीले भने अधिकार क्षेत्र नभएकाले अनुसन्धान नभएको भन्दै पन्छिएको छ। कानुन व्यवसायीहरुले मुलुकी अपराध संहिता २०७४ को दफा १९२ अनुसार पीडकलाई १० वर्ष कैद तथा एक लाख जरिवानाको व्यवस्था गरिएको बताएका छन्।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…