•  

    काठमाडौँ । गोकर्णेश्वर नगरपालिकाको नगरसभाले आर्थिक वर्ष २०७६/७७ का लागि रु एक अर्ब ४४ करोडको बजेट पारित गरेको छ । नगरसभाको बुधबारको बैठकले पूर्वाधार विकास एवं पर्यटनलाई प्राथमिकता दिइएको बजेट पारित गरेको नगरपालिकाका प्रवक्ता मनोजकुमार ढुङ्गानाले राससलाई जानकारी दिए ।

    नगरपालिका–३ स्थित प्रसिद्ध पर्यटकीयस्थल तारेभीरमा महादेव र बुद्धको ठूलो मूर्ति स्थापना गरी पर्यटक आकर्षित गरिने भएको छ । नगरपालिकाका सबै वडामा खानेपानीको समस्या रहेकाले समाधानका लागि वृहत् खानेपानी योजना निर्माणका लागि पनि बजेट छुट्याइएको छ ।

    वाग्द्वारबाट झर्ने वाग्मतीको पानी सुन्दरीजलबाट उपत्यकामा वितरणका लागि ल्याइने भाग नगरपालिकामै पर्ने भए पनि अधिकांश भागमा खानेपानीको समस्या छ । ९० वर्ष माथिका वृद्धवृद्धालाई नगरपालिकाले विशेष भत्ता दिने भएको छ ।

    नगरपालिका––५ स्थित नारायणटार पुलबाट वडा नं–४ स्थित भगवती स्थानको वाग्मती नदीमा बाँध निर्माण गरी पर्यटक आकर्षित गर्न स्टिमर चलाउन दुई करोड रुपैयाँ बजेट विनियोजन भएको पनि प्रवक्ता ढुङ्गानाले बताए ।

    गोकर्णेश्वर महादेव मन्दिर क्षेत्रलाई व्यवस्थित धार्मिकस्थलका रुपमा विकास गर्न खाली जग्गामा बगैँचा निर्माण गर्ने योजना पनि नगरपालिकाले अघि सारेको छ । मन्दिरमा सुनको जलपसहितको धातुको छाना छाउने कामलाई पनि निरन्तरता दिने पनि बजेटमा उल्लेख छ ।

    पहिलो प्रामाणिक राजा मानदेवले बसाएको ऐतिहासिक बस्ती गोकर्ण देशेमा नेपाली वास्तु कला झल्कने पुरानो शैलीका घर निर्माणका लागि प्रोत्साहन गर्न एक करोड रुपैयाँ विनियोजन गरिएको छ । नगर प्रमुख सन्तोष चालिसेले प्रस्तुत गरेकव बजेट नगरसभामा छलफलपछि पारित भएको हो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…