• विश्व प्रख्यात क्रान्ति कारी चेग्वेभारा का केही महत्वपूर्ण १६ भनाईहरू यस्ता छन् । जुन जीवन संघर्ष र व्यावहारमा उतिकै महत्वपूर्ण छन् ।


    १,तिमीले मलाई मार्न चाहन्छौ भने मार । तर, याद गर मैले छोडेका विचारलाई तिमीले कहिल्यै मार्न सक्नेछैनौ ।


    २,यदि तिमी हिंडिरहेको बाटोमा कुनै पनि बाधा आएन भने, त्यो बाटोमा हिंडेर तिमीले प्रगति गर्न सक्दैनौ ।


    ३,काम बिनाका शब्द महत्वहीन हुन्छन् ।


    ४,तिम्रो जितको खुशीयाली होइन, तिमी हारेर पनि फेरी उठ्नुको खुशीयाली मनाऊ ।


    ५,ठूलो सफलता हासिल गर्नको लागि, सबैभन्दा पहिले तिमीले सबैकुराको त्याग गर्न सक्नुपर्छ ।


    ६,संघर्ष बिना स्वतन्त्रता प्राप्त हुँदैन ।


    ७,व्यवहारिक बन । तर, असम्भव कुराहरुको चाहना राख ।


    ८,साथीहरु नहुनु भनेको दु:ख लाग्दो कुरा हो । तर, शत्रुहरु नहुनु भनेको त्यो भन्दा झन् बढी दु:ख लाग्दो कुरा हो ।


    ९,सच्चा परिवर्तनकारीहरुले बाहिर देखावटी रुपमा नभई, भित्री मन र मस्तिष्कबाट विचारहरुले सिङ्गारिएका हुन्छन् ।


    १०,हरेक काम सफल हुनको लागि दृढ इच्छाशक्ति चाहिन्छ ।


    ११,परिवर्तन ल्याउन चाहन्छौ भने, सबैभन्दा पहिले शिक्षित बन ।


    १२,हरेक दिन मानिसहरुले आफ्नो कपाल मिलाउँछन्, तर मुटुलाई किन यत्तिकै छोडिदिन्छन् ?


    १३,एउटा व्यक्तिको जीवनको मूल्य, संसारकै धनी व्यक्तिसंग भएको सबै सम्पत्ति भन्दा पनि बढी हुन्छ ।


    १४,जबसम्म तिमीले ‘म मरेपनि मर्छु, तर प्राप्त गरेरै छोड्छु’ भन्ने अठोटले हिंड्दैनौ, तबसम्म तिमीले आफूले चाहेको कुरा प्राप्त गर्न सक्दैनौ ।


    १५,मौन रहनु भनेको फरक तरिकाले आएको तर्क हो ।


    १६,आमूल परिवर्तन भनेको पाकेर आफै भुइँमा झर्ने स्याउ जस्तो होइन । त्यसलाई तिमीले आफ्नै प्रयासले प्राप्त गर्नुपर्छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…