• काठमाडौ ! समाजवादी पार्टी नेपालबाट पूर्व मन्त्रीसहित २० जना नेता तथा कार्यकर्ता नेकपा प्रवेश गर्ने भएका छन् । नयाँ शक्ति र सघीय समाजवादी फोरम एकता भएपछि असन्तुष्ट रेहका पूर्व मन्त्री एवं नेता कल्पना धमला, नेता देवेन्द्र पराजुलीलगायतका नेता कार्यकर्ता प्रवेश गर्न लागेका हुन् ।

    बिहीबार नेकपा केन्द्रीय कार्यालय धुम्वाराहीमा धमला र पराजुलीसहित नेता कार्यकर्ता प्रवेश गर्ने भएका छन् ।‘कल्पना जी र म नेकपा प्रवेश गर्न लागेका छौं,’ नेता पराजुलीले भने, ‘ पार्टीका अरु साथीहरु को(को प्रवेश गर्ने बेलुका टुंगो हुन्छ ।’ धमला बाबुराम भट्टराई सरकारमा विज्ञान तथा प्रविधि मन्त्री थिइन् । भने नेता पराजुली नयाँ शक्तिको संघीय परिषदका सदस्य थिए । यसअघि उनी तत्कालीन नेकपा माओवादीको भातृसंगठन अखिल क्रान्तिकारी केन्द्रीय अध्यक्षसमेत भएका थिए ।

    दुवै नेताले बाबुराम भट्टराईलाई लामो समय साथ दिएका नेता थिए । तर भट्टराईले सफल नेतृत्व दिन नसकेको भन्दै उनीहरु निराश भएका थिए ।
    नेकपा नेता कृष्णगोपाल श्रेष्ठका अनुसार बिहीबार पार्टी मुख्यालय धुम्बाराहीमा कार्यक्रम गरी पार्टी प्रवेश गराउने टुंगो लागेको छ । उनका अनुसार धमला र पराजुलीसहित लगभग २० जना पार्टी प्रवेश गर्ने टुंगो भएको छ ।
    त्यस्तै स्वतन्त्र उम्मेदवारका रुपमा प्रदेश सांसदमा निर्वाचित भई निलम्बनमा रहेका दीपक मनाङे (राजिव गुरुङ) समेत नेकपा प्रवेश गर्ने भएका छन् ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…