•  

    नेपाल विद्युत प्रधिकरणले सुदूरपश्चिममा लोडसेडिङको तालिका हटाएको दुई वर्ष भएपनि सबस्टेशन मर्मतको नाममा अधिकासं क्षेत्रमा फेरी लोडसेडिङको तालिका ल्याईएको छ। विगत केही दिनदेखि अप्रत्यासित रुपमा गर्मी बढेको तथा मनसुनी वर्षा नभएकोले लालपुर १३२ केभी सबस्टेशनमा जडित पावर ट्रान्सफर्मरको क्षमताले नधान्ने अवस्था आएको भन्दै सुदूरपश्चिमका अधिकासं स्थानमा फेरी लोडसेडिङको तालिका सार्वजनिक गरिएको हो ।

    अहिले ग्राहकको लोड र सिँचाई ग्राहक समेतको लोड अत्याधिक बढेको बताउँदै नेपाल विद्युत प्राधिकरण अत्तरिया ग्रिडले सवस्टेशनमा रहेको ट्रान्सफर्मरको क्षमता अभिवृद्धि गर्न केही दिन लाग्ने भएकाले विद्युत अनियमित हुने बताएको छ।

    ग्रिडले ११ केभी फिडरहरुमा पालैपालो गरि बिद्युत आपूर्तिमा कटौती हुने जनाएको छ। अत्तरिया ग्रिडले मर्मतको क्रममा सुदूरपश्चिमका अधिकासं क्षेत्रमा पालैपालो विद्युत कटौती हुने जनाएको छ। सवस्टेशन मर्मतकै लागि ग्रिडले उक्त सुचना जारी गरेपछि कतिपय वितरण केन्द्रले भने लोडसेडिङको तालिका नै सार्वजनिक गरेका छन् ।

    नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र महेन्द्रनगरले मातहतका ९ वटा फिडरमा ४ देखि ६ घण्टा लोडसेडिङ हुने तालिका सार्वजनिक गरेको छ। वितरण केन्द्रले अर्को सुचना जारी नभए सम्म सोही तालिका अनुसार लोडसेडिङ हुने जनाएको छ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…