दिपेनवाला राई –समाजवादी पार्टी नेपाल झापा जिल्ला समन्वय समितिका अध्यक्ष हुन् ।
दमकमा सम्पन्न जिल्ला समन्वय समितिको प्रथम अधिबेशनबाट उनी आगामी तिनवर्षे कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका हुन् ।
विद्यार्थी उमेरदेखि नै राजनीतिमा आर्कषित भएका ३८ बर्षिय राई अध्यक्ष राई राजनीतिबाहेक विभिन्न सामाजिक संघसंस्थाहरुमा आवद्ध छन् । उनले अव पार्टीको संगठन विस्तार गर्न सवैको सहकार्य ,समन्वयमा अघि बढ्ने आफनो पहिलो काम हुने वताँउछन् । भन्छन्, –‘ अव जिल्लामा पार्टी थप सुढृण बनाउने लाग्ने छु ।’
राजनीतिवाहेक सामाजिक क्षेत्रमा सक्रिय राई किरात राई विद्यार्थी संघका पूर्व केन्द्रीय उपाध्यक्ष, किरात राई यायोक्खाका पूर्व केन्द्रीय सदस्य , नेपाल पत्रकार महासंघ झापाका पूर्व सचिवसहित कमल ५ स्थित आदिवासी रंगशाला तथा स्मृति प्रतिष्ठानका महासचिव लगायतका जिम्मेवारी निर्वाह गरिआएका छन् ।
प्रस्तुत छ , कमल गाँउपालिका ६ झारवारी निवासी राईसंग पार्टीका विविधि विषयमा गरिएको कुराकानी ।
निर्वाचनबाट पार्टीको जिल्ला नेतृत्वमा पुग्नुभएको छ, कस्तो लागिरहेको छ ?
खुसी लागेको छ । साथीहरुले जिल्ला समन्वय समितिको नेतृत्व तहमा जुन जिम्मेवारी दिनुभएको छ ,यसलाई अवसरसंगै चुनौतीका रुपमा लिएको छु । पार्टी भित्र नेतृत्वमा सहमति जुट्न नसकेपछि लोकतान्त्रिक विधि अपनाउनु पर्ने वाँध्यता आएको हो । त्यही विधिबाट मलाई साथीहरुले जिम्मेवारी दिएका हुन् भन्ने मैले विश्वास लिएको छु । चुनावी प्रतिष्पर्धाको नतिजालाई हामी राजनीति गर्नेहरुले सधै सम्मान गर्नुपर्छ । मैले आफूसंगै प्रतिष्पर्धामा उत्रिएका साथीहरुबाट असहयोग होला भन्ने कहिल्यै सोचेको पनि छैन् । किनकी उहाँहरुको अनुभवलाई पार्टी भित्र सधै उर्जाका स्रोतका रुपमा लिने छु । अव पार्टीको संगठन निर्माणमा सवै साथीभाईहरुको साथसहयोगबाट अघि बढ्ने छु ।
तपाई युवा पनि हुनुहुन्छ, युवाहरु राजनीतिमा आउनु ठिक हो त ?
युवानै भोलिका आधार स्तम्भ हुन् । युवा शक्ति विना देश न त समृद्धि हुन्छ न त विकासले गति लिन्छ । राजनीतिमा युवा आउनु जरुरी छ । नेपालको राजनीतिमा युवाको प्रभाव विस्तार बढ्दै गएको छ । हिजोको अवस्था छैन्, हरेक ठाँउमा युवाले धमाधम नेतृत्वमा स्थापित हुदैगएका छन् । यो अत्यन्त सकरात्मक हो । हरेक दलहरुमा युवालाई अवसर पनि दिनुपर्छ । राजनीतिमा युवा सहभागिताको विकल्प छैन् । पछिल्ला वर्ष हरेक दलहरुमा युवा नेतृत्व तहमा स्थापित हुदै गएका छन्,यो अत्यन्त सकरात्मक मान्न सकिन्छ ।
युवाले अध्ययन गर्ने की राजनीति गर्ने ?
राम्रो प्रश्न उठाउनु भयो । राजनीतिमा युवा लागे भने अध्ययन त्याग्नु जरुरी छैन् । अध्ययनसंगै राजनीतिमा पनि सक्रियता गर्न सकिन्छ । उमेरमा कमाउने ,अध्ययन गर्ने सोचले मात्र भविष्य निर्माण निर्माण हुदैन् । आफनो भविष्यसंगै देशको पनि उज्जवल भविष्यका बारेमा थोरै चिन्तन अनी सकरात्मक कदम चाल्न सकिए पनि देशले गति लिने छ भन्ने लाग्छ । राजनीतिलाई मर्यादित संस्कारका रुपमा विकास गर्न खाँचो छ । मलाई लाग्छ , हरेक दलहरुले युवालाई नेतृत्व तहमा ल्याउने वातावरण निर्माण गर्नुपर्छ । युवाको उपस्थिति विना न त पार्टी न त देशले समृद्ध प्राप्त गर्न सक्छ र ? त्यसैले पनि हामी युवा आफै पनि सृजनसील हुनु जरुरी छ ।
जिल्लामा पार्टीको सांगठानिक अवस्था कस्तो छ ?
एकदशक समेत भईसकेको छैन् जिल्लामा हाम्रो पार्टीको अवस्था दिनानुदिन सुढृण हुदै गएको छ । हिजोका दिनभन्दा अहिले आएर यस पार्टीप्रति जिल्लाबासीको भरोसा वन्दै गएको छ । नेकपा,कांग्रेस जस्ता परम्परावादी पार्टीबाट वाक्क भएर जनता परिवर्तनका पक्षधर ससफोमा आउने क्रम जारी छ । छोटो अवधिमा हाम्रो यो पार्टीले जिल्लाको १२ वटा स्थानीय तहमा संगठन निर्माण छ । संघीयता अनुसार हामीले केहिदिन अघि जिल्ला अधिबेशन समेत सम्पन्न गरिसकेका छौं । यसले पनि हाम्रो पार्टीमात्र संघीयता अनुसार जिल्ला समिति,प्रदेश समिति बनाउने लोकतान्त्रिक पार्टीका रुपमा परिचय दिन सफल भएको ठानेको छु । अव पार्टीको थप संगठन विस्तारमा एक ढिक्का भएर अघि बढाउने योजना बनाएको छु ।
संगठन विस्तार भन्नुभयो, कस्ता कस्ता योजनाहरु छन् ?
निश्चय पनि अव तीन वर्षका अवधिमा जिल्लाको सवै १५ वटै स्थानीय तहसम्म मात्र होइन् टोल टोलसम्म पार्टी विस्तार गर्ने योजना वनाएको छु । संगठन निर्माणलाई गतिशील संगै शसक्त विस्तार गर्ने लक्ष्य राखेको छु । संगठन नै पार्टीको शक्ति हुने भएकाले पनि मैले संगठन निर्माणमा जोड् दिन विभिन्न कार्यक्रम थाल्ने छु । निश्चय पनि पार्टीलाई तल्लो तहसम्म सुढृण संगै गतिशील वनाउने यो अभियान केवल अध्यक्षको मात्र नभएर पार्टीको नै हो । पार्टीका तमाम साथीभाई,दिदीवहिनी, मजदुर,किसान, युवा विद्यार्थी भित्र पार्टीलाई वलियो वनाउन सवै नेता,कार्यकर्ताहरुको नै मुख्य जिम्मेवारी हो भनेर बुझनुपर्छ ।
हालै नयाँ शक्तिवीच पार्टी एकीकरण भएको छ, जिल्लामा अव के हुन्छ ?
हाम्रो पार्टी र नयाँ शक्ति पार्टीवीच एकीकरण भईसकेको विदितै छ । एकीकरण पछि केन्द्रीय समितिसहित विभिन्न वर्गीय तथा शुभेच्छुक जनवर्गीय संघसंगठनहरु अहिले नै पूर्ण आकार लिईसकेको छैन् । छिटै तल्लो तहसम्म एकीकरणको प्रकृया ठोस रुपमा लागू हुने मैले अनुमान गरेको छु । पार्टी निर्देशन आए छिटै एकीकरण गरेर अव जिल्लाका हरेक स्थानीय तहमा पार्टी बलियो शक्तिका रुपमा स्थापित गराउन सवै जुट्नु पर्ने खाँचो देखेको छु ।