मेचीनगर । गाडागल्ली फुटबल क्लब मेचीनगर ५ मा जारी अन्तर क्लब फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
बिहिवार भएको पहिलो सेमीफाइनल खेलमा आयोजक क्षितिज युवा क्लबलाई ४–० को फराकिलो गोल अन्तरले हराउँदै गाडागल्लीले फाइनलको यात्रा तय गरेको हो । जितका लागि गाडागल्लीका रविन मगर, युजेन लामा देविन विश्वकर्मा र कृष्ण देवानले गोल गरेका थिए ।
खेलको म्यान अफ द म्याच गाडागल्लीका देविन विश्वकर्मा भए । उनलाई डम्बर रञ्जितकारले उपलब्ध गराउनु भएको म्यान अफ द म्याचको ट्रफी आयोजकका अध्यक्ष सन्तोष गिरीले हस्तान्तरग गर्नु भएको थियो ।
शुक्रवार हुने अन्तिम सेमीफाइनल खेल चन्द्रगढी फुटबल क्लब र मेची नेत्रालय काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरबिचहुने आयोजक क्लबका उपाध्यक्ष कृष्ण तामाङले बताउनु भयो । प्रतियोगिताको फाइनल खेल २३ गते सोमवार हुनेछ ।